×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

६ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थल बुटिक बन्दै

२३ फाल्गुन २०७६

२३ फागुन, काठमाडौँ । 

विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ ।

Advertisement
Advertisement

अबको ६ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णरुपमा बुटिक विमानस्थल बनाइनेछ । बुटिक विमानस्थलको अन्तिम तर मुख्य काम अन्तरराष्ट्रिय टर्मिनल बाहिरपट्टिको क्षेत्रमा छानो हाल्ने ‘क्यानोपी’ राख्न बाँकी छ । यो पनि ठेकेदारले साथ दिए छिट्टै सकिने विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चालु आर्थिक वर्ष अर्थात अबको छ महिनाभित्र विमानस्थ बुटिकका रुपमा रुपान्तरण भइसक्ने बताए । उनले भने, ‘विमानस्थललाई बुटिक बनाउने काम लगभग सकिने क्रममा छ, अबको मुख्य काम भनेको क्यानोपी राख्ने हो, यो काम पनि रफ्तारमा अघि बढ्छ ।’

विमानस्थलमा यात्रु व्यवस्थापन गर्ने क्यानोपी बनाउने काम भने कम चुनौतीपूर्ण छैन । विद्युत्, ढल र खानेपानी व्यवस्थापन गर्नुपर्ने भएकाले भौतिक संरचना निर्माणमा ढिलाइ हुने विमानस्थल कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । ‘परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने’ गरी विमानस्थल सिङ्घार्ने काम भइरहेको हो ।

सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो । तर खरिद प्रक्रियाको झन्झट, ठेकेदारको कमजारी तथा आवश्यक सामग्रीको अभावले पनि बुटिकको काममा ढिलाइ भएको विमानस्थलको तर्फ छ । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यही फागुन २१ गते बुधबार विमानस्थल पुगेर विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेका बाँकी सबै काम छ महिनाभित्र सक्न निर्देशन दिएका थिए ।

विमानस्थलमा सरोकारपक्षलाई राखेर कामको योजनाबद्ध तालिका र मितिसहित उक्त समयावधिभित्रै काम सक्न कडा निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले आगामी वैशाख १३ गतेभित्र पार्किङ वे, निर्माणाधीन नयाँ आवागमन हलको सम्पूर्ण काम चैत २१ गतेभित्र, निर्माणाधीन नयाँ प्रस्थानहलको काम चैत १ गतेभित्र सक्न निर्देशन दिएका छन् । त्यस्तै, एशियाली विकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आइसिपी सबै काम तीन वर्षभित्र, प्यारलल टयाक्सी वेको निर्माणका लागि आगामी तीन महिनाभित्र, कन्भेयर बेल्टको निर्माण कार्य आगामी जेठ महिनाभित्र सक्नुपर्नेछ ।

देशकै ऐना मानिने अन्तरराष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्ट बनाउने अवधारणाअनुरुप धमाधम साजसज्जा र स्वरुप परिवर्तन गर्ने कार्य भइरहेको छ । सोहीअन्तर्गत एक महिनाअघि अन्तरराष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको थियो । जहाजबाट ओर्लेपछि टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टू नेपाल’ लेखिएको छ, जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति राखिएको छ ।

विमानस्थलभित्र नेपाली मौलिक कलासंस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने प्रयास भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुटिक एयरपोर्टको अवधारणाअनुरुप विमानस्थलको स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । सोही योजनाअन्तर्गत अब टर्मिनल भवनको अघिल्तिर ‘क्यानोपी’ राख्ने र यसले यात्रुलाई घामपानीमा सहज व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो ।

‘बुटिक एयरपोर्टको अधिकांश काम सकिएको छ, विमानस्थलको साजावटदेखि रङरोगनको काम सकिएको छ, अब क्यानेपिकको काम मात्रै बाँकी हो सिभिल इञ्जिनीयरिङको काम भएकाले यसमा केही समय लाग्ने भए पनि बुटिकको अरु सबै काम करिब सकिएको छ’, महानिर्देशक पोखरेलले भने । विमानस्थलको भित्रीतर्फ रङरोगन तथा मर्मतको काम सकिएको छ । आन्तरिकतर्फ पनि बुटिकको रुपमा रुपान्तरणको काम अघि बढेको महानिर्देशक पोखरेलले जानकारी दिए । विमानस्थलको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठमन्दिर आदि झल्कने विविध तस्वीरले पाहुनालाई मोहित तुल्याउँछ । पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ ।

पछिल्लो समय विमानस्थलको रूप फेरिएको मात्र छैन, सफा पनि बन्दै गएको छ । विमानस्थलमा अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाइएको छ । अध्यागमन विभागले विकास गरेको नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ गरिएको छ । उक्त सेवाको गत माघ १३ गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । यो प्रणाली लागू भएपछि विमानस्थलमा यात्रुको विवरण पहिचान र तथ्याङ्क व्यवस्थापन गर्न सहज हुने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने अन्तरराष्ट्रिय विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम पनि भइरहेको छ । हालको अन्तरराष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा विमानस्थलको चाप बढ्ने निश्चित छ । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने अनुमान गरिएको छ । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने प्राधिकरणको अनुमान छ ।

Advertisement

विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसँगै प्यारालल ट्याक्सी वे को प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top