२४ फाल्गुन, ओखलढुङगा ।
ओखलढुङगा खिजिदेम्बा ४ खिजिकाती बस्ने ६० बर्षीय चेकप्रसाद भट्टराईको लडेर मृत्यु भएको छ ।
शुक्रबार अपरान्ह ४ बजे घर नजिकै घाँस काट्न जादै गरेको अवस्थामा एक्कासी भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ । यसै गरी भारत पुरनिया दुस्मार ५ बस्ने ५३ बर्षीय मो. हसनको लडेर मृत्यु भएको छ ।
ओखलढुङगा लिखु ६ गाम्नाङटारमा रहेको ग्रामोदय माध्यमिक बिधालयको निर्माणाधिन भवनमा काम गर्दै आएका भारतिय नागरिक हसन ट्वाईलेटमा लडी घाईते भएका थिए ।
उनको उपचारको क्रममा सामुदायीक अस्पताल मन्थली रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।