×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

प्रत्येक वडामा मेलमिलाप केन्द्र

२४ फाल्गुन २०७६

२४ फागुन, तनहुँ ।
तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी गरेको छ ।

स्थानीयस्तरमा हुने विवादका घटना वडाबाटै समाधान गर्ने उद्देश्यले नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गर्न लागेको हो ।

Advertisement
Advertisement

 उक्त केन्द्र स्थापनाका लागि नगरपालिकाले मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि २०७६ पारित गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । “स्थानीयस्तरमा हुने ससाना झगडा, विवादलगायतका घटना नगरपालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्न मेलमिलाप केन्द्र स्थापना गर्न लागेका हौँ”, उनले भने, “मेलमिलापबाटै समाधान गर्दा दुवै पक्षले जितेको महसुस हुन्छ ।”

स्थानीय शासन ऐन २०७४ बमोजिम नगरपालिकामा उपप्रमुख मीरा जोशीको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा दुई जनप्रतिनिधि सदस्यका रुपमा रहेका छन् । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानूनी प्रावधान छ ।

वडास्तरमा मेलमिलाप गराउने दक्ष जनशक्ति नभएकाले नगरपालिकाले प्रत्येक वडाबाट दुई÷दुई जना सहभागी गराई एक हप्ते तालीम सञ्चालन गरेको छ । शुक्रबारदेखि शुरु भएको तालीम यही फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । “मेलमिलाप गराउने मेलमिलापकर्ता विश्वसनीय र परिपक्व हुनुपर्ने भएकाले उनीहरुलाई दक्ष बनाउन लागेका छौँ”, न्यौपानेले भने, “दुवै पक्षले जित्ने विकल्प मेलमिलापबाट मात्र सम्भव छ ।”

पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश एवं मेलमिलाप विज्ञ केशरीराज पण्डितले अदालतमा गइसकेको विवाद पनि मेलमिलापबाट टुङ्ग्याउन प्रयास गरिने प्रचलन रहेकाले स्थानीय तहमा पनि मेलमिलापको महत्व रहेको बताए । विवाद टुङ्गो लगाउने उत्तम विकल्प मेलमिलाप रहेको बताउँदै पण्डितले भने, “मेलमिलापबाट दुवै पक्षले जितेको महसुस गर्न सक्छन् ।”

न्यायिक समितिमा पर्ने उजुरीमा न्यायिक समितिले गरेको फैसला उपर चित्त नबुझे जिल्ला अदालतमा पुनरावेदन गर्न पाइने कानूनी अधिकार रहेको समेत पण्डितले जानकारी दिए । उनका अनुसार न्यायिक समितिमा पर्ने उजुरीका विषयमा पनि सर्वप्रथम मेलमिलापको अवसर दिनुपर्छ ।

Advertisement
Advertisement

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक जोशीले स्थानीयस्तरमा हुने विवादका घटना वडाबाटै मेलमिलाप गराउन सकिए नगरपालिकामा मुद्दाको चाप घट्ने बताए । (रासस)

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top