×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

आधुनिक यन्त्रमा किसानको आकर्षण

२४ फाल्गुन २०७६

२४ फागुन, डोटी ।
जिल्लामा पछिल्लो समय आधुनिक कृषियन्त्रमा किसानको वर्सेनि आकर्षण बढ्दै गएको छ ।

खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्नेलगायतका काममा किसानले आधुनिक कृषियन्त्रको प्रयोग गर्न थालेका हुन् । गोरु पाल्नुभन्दा खेत जोत्नका लागि आधुनिक कृषि यन्त्रले सजिलो हुने भएकाले यसमा किसानको आकर्षण बढ्दै गएको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए ।

Advertisement
Advertisement

उनले भने, “गोरु पाल्नुभन्दा कृषियन्त्र सजिलो र सस्तो भएका कारणले पनि किसानको आकर्षण कृषि औजार परेको हो ।” जिल्लाका दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, जोरायल गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका किसानलाई सहुलियत दरमा कृषियन्त्र उपलब्ध गराएपछि अहिले त्यहाँका किसान प्रायः कृषियन्त्रकै सहायतामा खेती किसानी गर्न थालेका हुन् ।

गोरुले खेत जोत्नुको सट्टा पछिल्लो समयमा व्यावसायिक किसानले हाते ट्र्याक्टरलागयतका कृषियन्त्रले खेत जोत्न थालेका छन् । यहाँको शिखर नगरपालिका बानीकुग्रीसैन, तल्कोटलगायतका क्षेत्रमा धान गहुँ चुट्न र खेत जोत्न किसानले तत्कालीन जिल्ला कृषि विकास कार्यालय सिलगढी डोटीले प्रदान गरेको थ्रेसर मेशिनको प्रयोग गर्न थालेको स्थानीय प्रेमबहादुर बलायरले बताए ।

उनले भने, “पहिले पहिले त हामी गोरुको सहायताले खेत जोत्नेदेखि गहुँ चुट्नेसम्म गथ्र्यौं, जो अलि गाह्रो भयो, यन्त्र पाएपछि सबै काम छिटो र छरितो भएको छ ।”

गोरुले एकदिनमा जोत्ने खेत हाते ट्र्याक्टरले दुई घण्टामा सक्ने भएकाले समय र श्रमको बचत भएको जोरायल गाउँपालिका–२ का किसान तुलाराम साउले जानकारी दिए ।

अचेल यहाँका किसानले आफ्नै लगानीमा कृषियन्त्र धमाधम किन्न थालेको जोरायल गाउँपालिका–३ का वडाध्यक्ष दिनेश मल्लले बताए । उनले भने, “हामीले गाउँपालिकाबाट केहीलाई कृषियन्त्र वितरण गर्यौं, सबैलाई दिन सकेनौँ, अहिले त अधिकांशले निजी कृषियन्त्र किनेर खेतीपाती गर्दै आएका छन् ।”

नगरपालिका तथा गाउँपालिकाले किसानलाई ८० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको थियो । बेँसी तथा सम्म मैदान भएको क्षेत्रका किसानले बढीजसो कृषियन्त्रको प्रयोग गर्ने गरिरहेको पाइएको छ ।

पहिलेको तुलनामा कृषिमा व्यवसायीकरण बढेपछि कृषियन्त्रको प्रयोग बढेको कृषि ज्ञानकेन्द्र डोटीका प्रमुख किसनसिंह थापाले बताए । उनले भने, “बजारमा अत्याधुनिक कृषियन्त्र भित्रिएपछि परम्परावादी कृषि औजार प्रयोग गर्ने किसानले पछिल्लो समय आधुनिक कृषियन्त्रको प्रयोग गर्दै आएका हुन् ।”

यहाँका कतिपय किसानले भारत तथा नेपालका विभिन्न ठाउँबाट कृषियन्त्र भित्र्याउन थालेका छन् । सरकारले कृषिजन्य यन्त्रमा राजश्व छुट गर्ने भएकाले कृषियन्त्र किन्नेलाई सहुलियत भएको बताइएको छ । जिल्लामा पछिल्लो समय जनशक्तिको अभाव र कृषिमा व्यवसायीकरण भएसँगै कृषियन्त्रको प्रयोगमा वृद्धि भएको स्थानीयवासी बताउँछन् ।

कृषियन्त्रको प्रयोग गर्दा कृषकले जनशक्ति अभाव झेल्न नपर्ने र आफ्नो खेतबारीमा काम सकिएपछि अन्य किसानको खेतमा काम गर्न पाइने भएकाले पनि आफूले कृषियन्त्र किनेको जोरायल गाउँपालिका–२ का वडासदस्य महेन्द्र थापाले बताए ।

सरकारले पछिल्ला केही वर्षदेखि कृषिलाई प्राथमिकतामा राखी काम गरेकाले कृषियन्त्रको प्रयोग जिल्लाभरिमै बढेको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जोन, सुपरजोनजस्ता कार्यक्रमको प्रभावकारिता देखिएकाले कृषियन्त्रप्रतिको आकर्षण बढेको छ ।

Advertisement
Advertisement

जिल्लामा मौसमी तथा बेमौसमी अन्नबाली, तरकारीखेती, केराखेती, फलफूल खेतीमा कृषियन्त्रको प्रयोग गरिन्छ । कृषियन्त्र बिक्री गर्ने डिलर नहुँदा कृषियन्त्र किन्ने किसानलाई भने केही समस्या परेको छ । (रासस)

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top