पहाडी र हिमाली जिल्लाहरुको होलीमा उल्लास देखिएन

पहाडी र हिमाली जिल्लाहरुको होलीमा उल्लास देखिएन

२६ फागुन, काठमाडौं । आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ ।

उपत्यका लगायत देशभरी नै उल्लासमय वातावरणमा होली पर्व मनाउने प्रचलन रहेपनि यो वर्षभने कोरोनाका भाइरसका कारण केही शान्त देखिएको छ । सरकारले भिडभाड भएर होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको उल्लास खासै देखिएको छैन् । उपत्यकाका सडकहरु सुनसान देखिएका छन् ।

नयाँ बानेश्वर, त्रिपुरेश्वर, ठमेल लगायतका क्षेत्रमा उल्लासमय वातावरणमा होली खेलिने भएपनि यो वर्ष भने शान्त देखिएको छ । विश्वभरी कोरोनाको संक्रमण फैलिएको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन ।

यद्यपी बसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरुको भिड रहेको छ । होलीका अवशरमा काठमाडौंको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेर जलाउने चलन रहेको छ । चीरको खरानीको टीका लगाएमा अनिष्ट टर्छ भन्ने विश्वास रहेको छ ।

अष्टमीका दिन वसन्तपुरमा रहेको दद्दी बैठक अगाडी मैलको रुखलाई रङ्गीचङ्गी ध्वाजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुने गर्दछ । प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । जबरजस्ती लोला हान्ने र रङ दल्नेहरुलाई कारवाही गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीले उपत्यकाका ६५ भन्दा बढी स्थानमा मादक पदार्थ सेवन (मापसे) चेकिङ भइरहेको जनाएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह समेत गरेको छ ।

प्रत्येक चोकमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेरै मादक पदार्थ सेवन नगर्न आग्रह गरेको छ । मेलमिलाप र सद्भावको सन्देश दिइ आउने होली परम्परागत रुपमा रङहरु खेलेर मनाउने चलन रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.