मोरङ र झापाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

मोरङ र झापाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

२६ फाल्गुन, बिराटनगर । मोरङ र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

आइतवार साँझ लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका ८ का २९ बर्षीय कमानसिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका १३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

नियन्त्रीत लागूऔषधसहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.