आज तराईमा होली धुमधामका साथ मनाईंदै

२७ फागुन, विराटनगर । रंगहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै आज तराईमा उल्लासमय वातावरणमा मनाईदैछ ।

जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोलि मात्र होली मनाउने चलन छ ।
१५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकासहित पहाडि र हिमाली जिल्लाहरुमा भने हिजो होली मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

Advertisement

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रह्लादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई केही नभएको कथा जोडिन्छ ।

शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।

Advertisement

यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी पुतनाले विष दलिएको स्तन चुसाउन लाग्दा कृष्णले उनलाई नै मारेपछि यो पर्व सुरु भएको हिन्दु धर्मशास्त्रमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top