कतार जान चाहने नेपाली कामदारहरुकालागि श्रमस्वीकृति स्थगित

कतार जान चाहने नेपाली कामदारहरुकालागि श्रमस्वीकृति स्थगित

२७ फागुन, काठमाडौँ । व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारहरुका लागि श्रमस्वीकृति दिन मंगलबारदेखि वैदेशिक रोजगार विभागले स्थगन गरेको छ ।

कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो ।

विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने प्रवक्ता भोलानाथ गुरागाई‌ंले बताए । कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो ।

श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो । दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् ।

नेपाल एयरलाइन्सले कतारबाट आउन चाहने यात्रुलाई भने ल्याउने जनाएको छ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.