युएईमा कोरोना भाइरसबाट संक्रमीत दुई जना नेपालीको विवरण खोज्दै दुतावास

युएईमा कोरोना भाइरसबाट संक्रमीत दुई जना नेपालीको विवरण खोज्दै दुतावास

२७ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि आवुधावीस्थित नेपाली राजदूतवासले उनीहरूको विस्तृत विवरण संकलन गरिरहेको छ ।

सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामी भेटिएको र तीमध्ये दुई जना नेपाली पनि रहेको बताएको थियो । दुई जना नेपालीमा कोरोना देखिए पनि उनीहरूको को हुन् र युएईमा के गर्थे भन्ने खुलेको छैन ।

युएईमा अहिले झन्डै २ लाख ७५ हजारको हाराहारीमा नेपाली छन् । युएईमा पनि कोरोनाको संक्रमण बढिरहे पनि आत्तिहाल्नु पर्ने अवस्था अहिले नरहेको ओझाले बताए । युएईमा अहिलेसम्म ५९ जनामा कोरोना भाइरस देखिएको छ ।

संसारका झन्डै सयभन्दा बढी देशमा कोरोना भाइरस फैलिएको छ । अहिलेसम्म अष्ट्रेलियामा एक जना र युएईमा दुई जना नेपालीलाई मात्र उक्त भाइरसले समातेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.