२७ फागुन, पोखरा । आहा रारा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतियोगीताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
aपोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबलाई ३-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
यस जितसँगै अब आर्मीले फाइनलमा पुग्न मनाङ मर्स्याङ्दीसँग बिहीबार हुने दोस्रो सेमिफाइनलमा खेल्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब खेल्नेछन् ।