२९ फागुन, एजेन्सी । विश्वका अधिकांश सूचकाङ्कमा नम्बर एकमा पर्ने नर्वेमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । २४ घण्टामा २ सय १२ जनामा संक्रमण देखिएपछि त्यहाँ कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको छ ।
चीनको वुहानबाट फैलन सुरु गरेको कोभिड(१९ (कोरोना भाइरस) को संक्रमण अहिले विश्वका १ सय २४ देशहरूमा फैलिसकेको छ । यसबाट अहिलेसम्म ४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने १ लाख २४ हजार ५ सयभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् ।
