×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दक्षिण कोरियामा कोभिड–१९ बाट ६० विदेशी सङ्क्रमित, नेपाली सुरक्षित

५ चैत्र २०७६

५ चैत, दक्षिण कोरिया । 

दक्षिण कोरियामा कोभिड– १९ बाट सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै ३८ जना सङ्क्रमित छन् । दोस्रामा अमेरिकी सातजना छन् ।

त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना सङ्क्रमित छन् । यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक सङ्क्रमित रहेको तथ्याङ्क कोरियाली सरकारले सार्वजनिक गरेको छ ।

हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को सङ्क्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए । कोरियामा कोभिड–१९ को सङ्क्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार १६२ पुगेको छ ।रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top