×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

५ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(यो आवश्यक थियो !)
अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सरकारको आग्रह/सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने /यूरोप तथा खाडी मुलुकका सबै यात्रुलाई आगमनमा रोक /फिल्म हल लगायत सार्वजनिकस्थल २० अप्रिलसम्म बन्द ।

Advertisement
Advertisement

२.(एसइई स्थगित)
विहिबारदेखि सुरु हुने एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित /बाल विकास केन्द्र लगायत सवै विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द ।

३.(चालकको चासो)
भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न यातायात व्यवसायीहरुको माग/बजारमा मास्क किन्न जाँदा मास्क नपाईने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि प्रवन्ध मिलाउनुपर्नेमा जोड ।

४.(सेनाको तयारी)
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाद्वारा आन्तरिक तयारी तिव्र/मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण/पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ४६ जनालाई तालिम प्रदान ।

५.(सरकारको प्रतिबद्धता)
बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने उद्योगमन्त्री लेखराज भट्टको भनाई /नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेकाले अभाव हुन नदिने प्रतिवद्धता ।

६.(विमानस्थलमा कर चोरी)
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले हवाइजहाजमा भर्ने प्mयुलमा प्रतिलिटर ३५ पैसाका दरले अप्रत्यक्ष कर उठाएको पाइयो /अनुगमनका क्रममा विमानस्थलले जहाजहरुबाट लिने भाडासँगैै, सेवा दस्तुरमा पनि उठाउन नमिल्ने कर उठाएको पाइयो ।

७.(सरकारले गर्देछ)
कोरोना भाइरसको सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या समाधान गर्न समन्वयकारी भूमिका निभाउन सामान्य प्रशासन मन्त्रालयले तोक्यो सातै प्रदेशमा सम्पर्क व्यक्ति /प्रदेश १ का लागि प्रह्लादकुमार कार्की नियुक्त ।

८.(कालोबजारीविरुद्ध प्रहरी)
निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने काठमाडौंबाट पक्राउ/कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी सक्रिय ।

९.(बामदेवको बल)
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन हुने नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भनाई/नेपालले एमसीसी संझौता अनुमोदन गर्न पार्टीको कार्यदलले दिएको सुझावलाई अध्ययन गरेर छिटो टुङग्याउने प्रतिबद्धता ।

१०.(सुझाव दिनुस्)
नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुलमाथि विद्युत नियमन आयोगद्वारा सार्वजनिक सुनुवाई आह्वान /प्रस्तावको अध्ययन गरी आयोगको वेवसाइटमार्फत आफ्नो राय, सुझाव दिन आग्रह ।

११. (विद्युतले हिम्मत जुटायो)
रघुपति जुट मिल रानीले साढे १५ करोड बक्यौता मध्ये प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ नतिरेपछि मिलको बिजुली काटियो /मिलले बक्यौता रकम तिरेपछि मात्र बिजुली जडान गरिदने नेपाल विद्युत प्राधिकरण विराटनगरको भनाई ।

१२.(त्रिपाठीको तिक्डम)
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित /निजामति सेवा ऐन सम्बन्धि विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि बैठक स्थगितले विधेयक पारित हुन सकेन ।

१३.(कृषि प्रदान देश)
किसानले उत्पादन गरेको कुनैपनि वस्तुको विक्रीको ग्यारेन्टी सरकारले लिने /सरकारले तोकेको मूल्यमा किसानको उत्पादन बजारमा विक्री नभए सरकारले किनिदिने/स्थानीय तहमा ६ हजार प्राविधिक पदपूर्ति गरिने ।

१४.(जताततै असर)
कोरोना भाइरसको कारण राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने पहिलो मैत्रीपूर्ण फुटबल खेल स्थगित/आइसिसि विश्वकप लिग–२ अन्तर्गत नामिबियामा हुने नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसिय त्रिकोणात्मक सिरिज सर्न सक्ने ।

Advertisement

र,
१५.(भयवित बनायो)
बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु /करिब २ लाख संक्रमित /अमेरिकाको सवै राज्यमा संक्रमण देखिएसंगै अमेरिकामा मात्र मृतकको संख्या १ सय नाघ्यो ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top