कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेकपाको सरकारलाई आग्रह

कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेकपाको सरकारलाई आग्रह

५ चैत, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको सचिवालय बैठकले एसइइ परीक्षा स्थगित गर्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयकोस्वागत गर्दै भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले उपप्रधान तथा रक्षामन्त्री समेत रहेका उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलले एसईई स्थगित गर्ने निर्णय भएको विषयमा सचिवालयमा जानकारी गराएका थिए । सचिवालयले सीमानाका र सार्वजनिक यातायातको क्षेत्रमा आवश्यक कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

कारोनाको संक्रमण भएको अवस्थामा गरिने तयारीलाई पनि अझ बढी प्रभावकारी ढंगले चलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उनले बताए । यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक सथलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाईने समुन्वय समितिको निर्णयको स्वागत गर्दै सचिवालयले निर्णय विपरित काम गर्नेलाई कडा कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना सँगै उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.