हवाइजहाजमा भर्ने फ्युलमै अप्रत्यक्ष कर, विमानस्थलमा कर चोरी

५ चैत ७६, बुधबार
Share this
733shares

५ चैत, काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाइजहाजमा भर्ने प्mयुलमा अप्रत्यक्ष कर उठाएको पाइएको छ । संघीय ससंद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार गरेको अनुगमनका क्रममा विमानस्थलले प्रतिलिटर ३५ पैसाका दरले अप्रत्यक्ष कर उठाएको पाइएको हो ।

Advertisement

समितका सभापति बिमलप्रसाद श्रीवास्तवले विमानस्थलले जहाजहरुबाट लिने भाडासँगैै, सेवा दस्तुर र तेलमा उठाउन नमिल्ने अप्रतक्ष कर समेत उठाएको पाइएको बताए । त्यस्तै अनुगमनका क्रममा विमानमा तेल भर्ने कर्मचारीहरु लामो समयसम्म खटिनुपर्ने लगायतका समस्या देखिएको समेत उनले बताए ।

उनले भने ‘अनुगमनको शिलशिलामा अहिले जुन आन्तरिक र बाह्य फ्लाइटहरुको विषयमा वहाँहरुको पनि केही आन्तरिक समस्याहरु देखियो जस्तो कर्मचारीको समस्या विहान ५ बजेदखि लिएर अर्कोृ विहान ३ बजे सम्म खटनुपर्ने त्यही अनुसारको फ्युलहरु भर्नुपर्ने हुन्छ त्यसमा पनि अलिकति साधन स्रोतको कमि देखियो त्यसैगरी एयरपोर्ट निकायले वहाँहरुसँग लिने भाडा देखि लिएर सेवा दस्तुर अनौठो कुरा के सुनियो भने प्रतिलिटर ३५ पैसा प्लेनहरुमा भर्ने फ्युलको अप्रत्यक्ष ट्याक्स पनि त्यहाँ उठाएको भन्ने बुझियो । त्यस विषयमा पनि हामी विस्तृत अध्ययन नै गर्दैछौं र अहिलेको स्थितिमा अलिकति उडानहरु पनि कम भएको हुनाले खपत पनि अलि केही कम देखिएको छ तथापि फुलफ्लेजमा त्यो चलाउँदाखेरी आफ्नो स्टोरेजमा पनि कमि देखिएको हो त्यस्तै आन्तरिक समस्याहरुको विषयमा त्यहाँ अवगत भयो ।’

Advertisement

उनले जहाजमा तेल भर्दा प्रयोग हुने साधनस्रोतको कमि देखिएको तथा फुलफ्लेजमा सञ्चालन हुँदा विमानस्थालको स्टोरेज क्षमता कमजोर हुने पाइएको बताए । समितिले नेपाल आयल निगमको एयरपोर्टमा रहेको डिपोको समेत अनुगमन गरेको छ । त्यस क्रममा देखिएका कमि कमजोरीहरुको अध्ययन गर्नका लागि समितिले निगमसँग डकुमेन्टहरु माग गरेको र त्यो आइसकेपछि अध्ययन गरी सरकार र निगमलाई निर्देशन दिने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top