NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

एसइई स्थगन गर्नु परेपछि परीक्षा बोर्डले माग्यो क्षमा, परीक्षाका सामग्री सुरक्षित राख्न केन्द्रहरुलाई आग्रह

बिहिबार चैत्र ६ , २०७६
Reading Time: 1 min read
A A
एसईईको परीक्षा चैत ६ गतेदेखि सञ्चालन हुने (परीक्षा तालिकासहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ चैत, काठमाडौं । सरकारले बिहीबारदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् ।

बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान बनेका हुन् ।

विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस (कोभिड–१९) फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बुधबार साँझ बसेको सरकारको उच्चस्तरीय समन्वय समितिको बैठकले आकस्मिक निर्णय गर्दै एसइई परीक्षासँगै चैतमा हुने भनिएका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

LS Auto

चैत १७ गतेसम्म सञ्चालन हुने तय भएको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको थियो। अचानक परीक्षा स्थगन भएपछि परीक्षा दिन तयारी अवस्थामा रहेका कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी र परीक्षामा खटिने ६५ हजार जनशक्ति परिचालन नहुँदा परीक्षा केन्द्र सुनसान बनेका हुन् ।

स्थानीय तहमार्फत समन्वय गरेर प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने भनिए पनि त्यसको प्रभावकारी तयारी हुन सकेको थिएन। ठिमीका चार वटा परीक्षा केन्द्रमा हेल्थ डेस्कको जिम्मा लिएको नागरिक अस्पतालका नर्सिङ इञ्चार्ज सुन्दरी जोशीले विद्यार्थीको ज्वरो नाप्ने ‘गन थर्मो्मिटर’ कहीँकतै नपाइने भएकाले परीक्षा केन्द्रमा सामान्य थर्मो्मिटरले ज्वरो जाँच्न असम्भव हुने अवस्थामा परीक्षा स्थगन हुनु सकारात्मक भएको बताए ।

सिटामोल बोकेर हेल्थ डेस्कमा बस्नुको अर्थ नभएको अवस्थामा विद्यार्थीको स्वास्थ्यप्रति सरकार संवेदनशील भएर परीक्षा स्थगन हुने निर्णय आउनु सकारात्मक भएको उनले बताए ।

यता राष्ट्रिय परीक्षा बोर्डले एसइई स्थगन गर्नु परेपछि विद्यार्थी र अभिभावकसँग क्षमा मागेको छ । आजदेखि सञ्चालन हुने गरी निर्धारण गरिएको परीक्षा अन्तिम समयमा आएर स्थगन भएपछि बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावकसँग क्षमा मागेको हो ।

बोर्डका सदस्य सचिव दुर्गा अर्यालद्वारा जारी विज्ञप्तिमा ‘एसइई परीक्षा स्थगन हुँदा यसबाट विद्यार्थी तथा अभिभावकलगायत सम्बद्ध सबैमा पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ’ भनिएको छ ।

यसबारेमा सदस्य सचिव अर्यालले कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्थाप्रति सचेत हुँदै अन्तिम समयमा आएर परीक्षा स्थगन गर्नुपरेकामा क्षमाप्रार्थी रहेको बताए ।

बोर्डले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई एसइई परीक्षाका प्रश्नपत्रलगायतका गोप्य सामग्री र उत्तरपुस्तिकाको सुरक्षा गर्न निर्देशन दिएको छ भने सुरक्षा निकायलाई परीक्षाका सबै सामग्री सुरक्षाका लागि आग्रह गरेको छ । (रासस)

लोकप्रीय

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

बिहिबार अशोज २ , २०८२
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

बिहिबार अशोज २ , २०८२
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.