कोरोना कोषमा १ करोड सहयोग गर्ने बसन्त चौधरीको घोषणा

कोरोना कोषमा १ करोड सहयोग गर्ने बसन्त चौधरीको घोषणा

१० चैत्र, काठमाडौँ ।
कोरोना भाइरसविरुद्धको प्रयासका लागि सरकारले खडा गरेको कोषमा व्यवसायी बसन्त चौधरीले एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।

नर्भिक तथा बसन्त चौधरी फाउन्डेसन मार्फत कोरोना कोषमा एक करोड सहयोग गर्ने घोषणा उनले गरेका हुन् । आइतबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमण विरुद्ध ५० करोडको कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

सो कोषमा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णयसहित सबैको सहयोगका लागि अपिल गरिएको थियो।

सोही अन्तर्गत व्यवसायी चौधरीले फाउन्डेसनका तर्फबाट ५० लाख नगद र थप ५० लाख बराबरको अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.