११ चैत, विराटनगर । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा फैलिन नदिन सरकारले चालेका कदमप्रति विराटनगर जेसीजले ऐक्यबद्धता जनाएको छ ।

जेसीजले यस स्वास्थ संकटको घडिमा आफुले पनि सहयोग गर्ने जनाएको छ । मंगलबार जेसीज सचिवालयले विज्ञप्ति जारी गर्दे विराटनगर १० न्यूरो अस्पताल पछाडी जेसीज मार्गमा रहेको आफ्नो सचिवालय भवन कोरोना संक्रमितहरुलाई राख्नका लागि क्वारेन्टाइन तथा अन्य प्रयोजनका लागि सरकारलाई उपलब्ध गराउने जनाएको छ ।

साथै संकटको यस घडिमा विराटनगर जेसीजले आवश्यकता अनुसार कुनैपनि मानविय सहयोग तथा स्वयंम सेवाको लागि तयार रहेको प्रदेश एक सामाजिक विकास मन्त्रीलाई उदृत गर्दै यस्तो निर्णय गरेको विराटनगर जेसीजका अध्यक्ष उज्जवल खरेलले जानकारी दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top