NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
कस्तो आयो बालेन नगरीको बजेट? आइतवार असार २९ , २०८२
युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ? आइतवार असार २९ , २०८२
स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

फ्रान्सबाट कतार हुँदै फर्किएकी नेपाली युवतीसँगै यात्रा गर्ने १२५ को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने

मङ्लबार चैत्र ११ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
फ्रान्सबाट कतार हुँदै फर्किएकी नेपाली युवतीसँगै यात्रा गर्ने १२५ को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ चैत, काठमाडौं । नेपाल प्रहरीले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १ सय २५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ।

प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।

चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्। त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए।

Advertisement

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ। ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले बताए।उनले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिए।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाए।
उनले भने, ‘कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना हामीले पत्ता लगाइसकेका छौँ। बाकी नेपाली यात्रुको ठेगाना पत्ता लगाउने काम भइरहेको छ।’ उनी थप्छन्, ‘घरको ठेगानामा स्थानीय प्रहरी पठाएर उनीहरूको अवस्था के छ त्यो हेर्छौँ र क्वारन्टीनमा बस्ने अनि थप सतर्कता अपनाउन भनिरहेका छौँ।’

उनका अनुसार स्वास्थ्य मन्त्रायसँग समन्वय गरी सबै यात्रुको यथाशीघ्र स्वास्थ्य परीक्षण गरिनेछ। उनी भन्छन्, ‘उक्त जहाजमा यात्रा गरेका झापाका एक व्यक्तिले आफू सोही जहाजमा आएको र स्वास्थ्य परीक्षण गर्न तयार भएको भनी हामीसँग सम्पर्कमा आएका छन्। यसले मानिसहरु कोरोनाभाइरस सङ्क्रमणसँग जुझ्न तयार भएको देखाउँछ।’

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो।

नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार एयरवेजको उक्त जहाजमा नेपाल फर्किएका सबै नेपालीलाई सम्पर्क गर्न प्रयास भइरहेको बताए।
‘कोही व्यक्ति स्वेच्छिक रूपमा सम्पर्कमा आएका छन्। उनीहरूलाको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले पूर्वाधार तयार गरेको छ,‘ देवकोटाले भने।

नेपाल दोस्रो कोरोनाभाइरसको सङ्क्रमणको घटना पुष्टि भएपछि सोमवार सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी आवतजावत र हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

मङ्गलवार बिहानबाट लागु भएको उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ। केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई कोभिड(१९ भएको पुष्टि भएको थियो। अहिले उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए।
विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको कोभिड(१९ अहिले १८७ वटा देश र क्षेत्रमा फैलिसकेको छ।

चीनको वुहानबाट फैलिन थालेको कोरोनाभाइरस सङ्क्रमणबाट सर्वा्धिक मृत्यु इटली र चीनमा भएको छ। त्यसपछि स्पेन, इरान र अमेरिकामा धेरै मानिसको ज्यान गएको छ। (बीबीसी)

लोकप्रीय

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२

विचार

थप समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’
ताजा समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
आर्थिक

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
अन्तर्राष्ट्रिय

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?
ताजा समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.