आजका प्रमुख खबरहरुः
१.( लकडाउन स्वीकार)
सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन सडकमा छिटफुट दुईपाङग्रे सवारी साधन गुडेपनि देशभर शान्त देखियो /सडकका चोकचोकमा प्रहरी परिचालन /सवारी साधनको चेकजाँचमा कडाई ।
२.(प्रवेश बन्द)
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने/भारतीय सिमामा रोकिएका नेपालीलाई अन्तिम पटकका क्वारेन्टाइनमा बस्ने सर्तमा अन्तिम पटक छाड्ने निर्णय ।
३.(निजी क्षेत्रलाई अवसर)
कोरोना भाइरस संक्रमणसँग जुध्न आवश्यक स्वास्थ्य सामग्री तथा किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए निजी क्षेत्रलाई सरकारले सुविधा उपलब्ध गराउने /लक डाउन उल्लघंन गर्ने ५२ जना देशका विभिन्न ठाँउबाट पक्राउ ।
४.(उद्योग बन्द नगर्नु)
अत्यावश्यक वस्तुको अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको आह्वान / अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा कुनै बाधा भएमा मन्त्रालयमा जानकारी गराउन आग्रह ।
५.(प्रदेश १ अगाडि)
कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने प्रदेश नं. १ सरकारको निर्णय /उक्त कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय ।
६.(आइसोलेसनमै मृत्यु)
चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा उपचार गराइरहेका बिरगंजका ३० बर्षिय सन्तोष यादवको मृत्यु/ कोभिड–१९ को परिक्षणको रिपोर्ट नआउँदासम्म शव अस्पतालमै राखिने ।
७.(धरानको डर)
कोरोना संक्रमित युवतीसंग कतारबाट आएका दुई जना धरानमा भेटिए /आशंकित दुई जनालाई वीपी प्रतिष्ठान पठाईयो/लकडाउनलाई कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा धरान उपमहानगरमा छलफल ।
८.(आविष्कार केन्द्रको पहल)
राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक ‘पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई)’ बनाउने /शंकास्पद व्यक्तिमा कोरोनाको परीक्षण गर्दा सुरक्षाका लागि चिकित्सकले लगाउने ४०० पीपीई बनाउने ।
९.(जनताले नबुझेपछि)
सुर्खेतमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने दुई जना पक्राउ /सरकारले एक हप्ताको लागि लागू हुने गरी घोषणा गरेको लकडाउनको अवज्ञा गरेको भन्दै निषेधाज्ञा जारी ।
१०.(निषेधाज्ञापनि अवज्ञा)
कपिलवस्तुमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा १० जना पक्राउ / नियम उल्लंघन गर्ने ५० बढी मोटरसाइकल समेत नियन्त्रणमा/ निषेधाज्ञा पनि पूर्णरुपमा पालना भएन ।
११.(अबुझ जनता)
लक डाउनलाई सहयोग गर्न प्रदेश नम्बर २ को सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेना परिचालन /स्थानीय बासिन्दा जथाभावी हिँडेपछि सय जना नेपाल प्रहरी र ३ सय ३२ जना सशस्त्र प्रहरी पठाइदिन गृहसँग माग ।
१२.(असल छिमेकी)
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने /चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउने तयारीमा ।
१३.(प्रतिबन्धको उल्लंघन)
कोरोभाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाल आउने अन्तर्रा्िष्ट्रय उडानमाथि प्रतिबन्ध लगाएपनि पालना नभएकोमा अनुसन्धान सुरु /नेपालको निर्णय पालना नगरी यात्रुहरू ल्याएकोमा तीनवटा अन्तराष्ट्रिय वायुसेवासँग स्पष्टीकरण माग ।
१४.(कोरोनाको कहर)
स्पेनमा सबै फुटबल गतिविधि अनिश्चितकालकालागि बन्द / विश्वव्यापी बनेको कोरोना भाइरसका कारण युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको मिति प्रभावित ।
र,
१५.(कोरोनाको कहर)
संक्रमण फैलिने क्रम नियन्त्रण गर्न विश्व जनसंख्याको २० प्रतिशत अर्थात १ अर्ब ७० करोड जनता आ–आफ्नै घरमा ’लक–डाउन’/विश्वभर ४ लाखलाई कोरोना भाइरसको संक्रमण /१७ हजार बढीको मृत्यु ।