भारतमा पत्रकार सम्मेलनमा सहभागी पत्रकारमा नै कोरोना भाइरस

Share this
701shares

१२ चैत्र, एजेन्सी ।
भारतको मध्यप्रदेशका पूर्व मुख्यमन्त्री कमलनाथले मार्च २० मा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएका एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

यसअघि बेलायतबाट फर्केकी पत्रकारकी छोरीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनी मार्च १७ मा लण्डनबाट भारत फर्किएकी थिइन्। त्यतिबेला विमानस्थलमा चेकजाँच गर्दा चिकित्सकले स्वस्थ्य रहेको बताएका थिए।

तर उनी घर पुगेपछि परिवारका सदस्यले थ्रोट स्वाब संकलनका लागि सम्पर्क गरेपछि जेपी अस्पतालको टोलीले घरमै पुगेर नमूना संकलन गरको थियो। यसमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो।

Advertisement

कमलनाथले सोही पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उक्त पत्रकार सम्मेलनमा करिब २ सय पत्रकारहरु सहभागी भएको बताइएको छ।

पत्रकारलाई कोरोनाको संक्रमण देखिएपछि कमलनाथ पनि सेल्फ क्वारेन्टाइनमा बसेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतमा हालसम्म ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top