कोरोनाबाट भारतमा ५१२ जना सङ्क्रमित

१२ चैत, नयाँ दिल्ली ।

Advertisement

 विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । सङ्क्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म भारतमा ९ व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्रीले एक अर्ब ३० करोड जनतालाई ‘लकडाउन’ मा बस्न आग्रह गरेका छन् ।  उनले मङ्गलबार साँझ लकडाउन घोषणा गरेका हुन् । आफ्नो सुरक्षाका निम्ति घरबाहिर ननिस्कन मोदीले सबै भारतीय नागरिकलाई आह्वान गरेका छन् । यस प्रकारको सुरक्षा नअपनाएमा देश दशकौँ पछाडि धकेलिने प्रधानमन्त्री नरेन्द्र मोदील बताएका छन् ।

Advertisement

मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत गरेको सम्बोधनलगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न सर्वसाधारणको भिड लागेको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले देशभरि आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न चाहेको सो सम्बोधनमा बताएका थिए ।गएको मध्यरातबाट लागु भएको यो बन्देज आगामी २१ दिनसम्म जारी रहने मोदीले बताएका भएको छन् ।

“तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ” प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भनेका थिए । रासस/एएनआइ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top