१५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी

१३ चैत, काठमाडौँ । विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्दै सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने प्रत्येक परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण खाना पकाउने ग्याँस अभाव हुने सम्भावित अवस्थालाई मध्यनगर गर्दै यस्तो व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत मन्त्रालयले जनाएको छ ।

मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस्तो व्यवस्था मिलाउन मौखिक निर्देशनदिएको मन्त्री पुनको निजी सचिवालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

Advertisement

इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ । मन्त्री पुनले इन्डक्सनमा छुट दिंदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । कोरोनो संक्रमण रोक्न सरकारले साताव्यापी लकडाउन घोषणा गरेसँगै विद्युत् खपतमा भारी गिरावट आएको छ । लकडाउनका कारण उद्योग, कलखारना, व्यवसाय बन्द भएसँगै विद्युत् खपत्मा कमी आएको हो।

विद्युतको उच्च माग १२ सय मेगावाटबाट घटेर अहिले एक हजार मेगावाट भन्दा तल झरेको छ।यसअघि बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो। यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top