लुक्लामा अलपत्र १४ फ्रान्सेली नागरिकको उद्धारका लागी तारा एयरको जहाज जाँदै

१३ चैत, काठमाडौं । दुई दिनदेखि लुक्लामा अलपत्र परेका १४ फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन तारा एयरको जहाज काठमाडौंबाट उडेको छ ।

ताराले गृह मन्त्रालयको अनुमतिमा उद्धार उडान गरेको हो। नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि पदयात्रामा रहेका उनीहरुलाई ल्याउनका लागि काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर पठाएको हो।

तारा एअरको १८ सिट क्षमता भएको ट्वीनेटर जहाज लुक्ला गएको हो । दूतावासले पोखरामा रहेका आफ्ना नागरिकलाई काठमाडौं ल्याउनका लागि पनि जहाज पठाउने तयारी गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top