×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

जहाजको प्रतिक्षामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

१३ चैत्र २०७६

१३ चैत, काठमाडौँ । 

कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक/दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन । चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम्म कुनै पनि जानकारी नआएको विमानस्थलले जनाएको छ ।

Advertisement
Advertisement

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा हेलिकप्टरको उद्धार उडानबाहेक अहिलेसम्म कुनै पनि उडान नभएको र विमानस्थल सुनसान प्रायः रहेको बताए । उनले भने, ‘लकडाउनमा उडान नभए पनि विमानस्थल सञ्चालनमा छ, चीनबाट जहाज आउने कुरा भए पनि अहिलेसम्म विमानस्थललाई कुनै जानकारी आएको छैन । केही सञ्चारमाध्यमले जहाज विमानस्थलमा अवतरण गरेर फर्किसकेको लेखेका छन् त्यसमा कुनै सत्यता छैन, हामी विमानस्थलमै सेवामा छौँ ।’

सको मतलब अहिलेसम्म कुनै पनि जहाज विमानस्थलमा अवतरण गरेका छैनन् र अहिलेसम्म उडानको त्यस्तो योजना पनि छैन । तर पनि अन्तर्राष्ट्रिय विमानस्थल जहाजको प्रतीक्षामा छ । आपत्कालीन, कार्गोलगायत उडान हुनसक्ने विमानस्थलले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि चीनबाट जहाज आउने कुरा भइरहेको तर कहाँबाट कस्तो जहाज आउने हो अहिलेसम्म कुनै जानकारी नभएको जानकारी दिए ।

‘चीनबाट सामग्रीसहितको जहाज आउने कुरा भएको छ, कुन स्थानबाट कस्तो जहाज आउने भन्नेबारे अहिलेसम्म यकिन जानकारी आएको छैन’, उनले भने । यसैबीच सरकारले बुधबार निर्णय गरेअनुरुप स्वदेश फर्कन चाहने विदेशी नागरिकलाई नेपालको परराष्ट्र मन्त्रालयको समन्वयमा पहल भइरहेको बताइएको छ । सरकारको निर्णयअनुरुप विदेशी नागरिकलाई सम्बन्धित मुलुकमा पठाउनका लागि यहाँस्थित विदेशी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको महानिर्देशक पोखरेलले बताए । सम्भवतः त्यस्ता नागरिकलाई यसैहप्ताभित्र विदेश पठाउने पहल भइरहेको र प्राधिकरणले अन्य सरोकार भएका निकायसँगको समन्वयका आधारमा यसैसाताभित्र उनीहरुलाई विदेश फकाउनेछ ।

महाप्रबन्धक पोखरेलले भने, ‘विदेशीले आफ्ना नागरिक लैजान चाहेमा यहाँको परराष्ट्र मन्त्रालयसँगको पहलमा त्यस्तो प्रक्रिया अघि बढ्छ, नेपालस्थित राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेका छन् यो हप्ताभित्र त्यस्तो उडान हुनसक्छ ।’ कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

Advertisement

आपत्कालीन अवस्थामा सरकारले विशेष निर्णय गरेमा अर्थात् उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेमा आपत्कालीन उडान हुनेछ । यसअघि कोभिड –१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले यही चैत ९ गते मध्यरातिदेखि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।–सिबी अधिकारी/रासस

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top