नेपाल–भारत सीमा नाकामा शसस्त्र प्रहरी बलको कडा निगरानी

१४ चैत, काठमाडौं । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेसँगै नेपाल–भारत सीमा नाकामा पनि कडाइ गरिएको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको शहसस्त्र प्रहरी बलले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुलाई पूर्ण रुपमा रोक लगाएको छ ।

सरकारले एक साताको लागि लकडाउन घोषणा गरेसँगै भारतको मुख्य १४ सीमा नाका र अन्य ४५० भन्दा बढी सीमा नाकामा पनि कडाई गरिएको छ । शसस्त्र प्रहरी बलका प्रवक्ता प्रविण श्रेष्ठले भने,‘सीमामा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई पूर्णरुप्मा रोक लगाएका छौं ।’

मुख्य सीमा नाका बाहेक अन्य नाकाबाट पनि प्रवेश नगरुन भनेर सीमा नाकामा गस्ती बढाइको उनले जानकारी दिए । उनका अनुसार भारततर्फ मात्र शसस्त्र प्रहरीको १ सय २० भन्दा बढी बोर्डर आउट पोष्ट (बिओपी) रहेको छ ।

Advertisement

शसस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरक्षिक कमल प्रसाद तिम्सिलसेनाले भारतबाट नेपालतर्फ प्रवेश गर्ने यात्रुहरुलाई पूर्ण रुपमा रोक लगाएको बताए । उनले अत्यावश्यक सेवा बाहेक यात्रु प्रवेशमा रोक लगाउनको लागि सीमा नाकामा गस्तीलाई समेत बढाएको जानकारी दिए । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top