नेपालमा थप एक जनामा कोरोनाको संक्रमण

२० चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)को छैठौं व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

संक्रमण भेटिएका ब्यक्ति गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका हुन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ ।

Advertisement

पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । जसमा टेकु अस्पतालमा ३ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालमा एकजना छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top