देउवाले भने-औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर

२१ चैत, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेकालाई जिम्मेवारी मुक्त गर्न सरकारलाई आग्रह गरेका छन् ।

देउवाले शुक्रबार विज्ञप्ति जारी गरी स्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएका छन् ।

देउवाले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात र्पुयाएको भन्दै त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।

Advertisement

‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैन,’ देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’

अनियमिततामा संलग्न भएको आरोप लागेकाहरुको अनुसन्धान र कारबाहीमा भएको ढिलाइमा पनि देउवाले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। मेडिकल सामग्री खरिद प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइ रहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएकोमा आफ्नो ध्यानाकर्षण भएको देउवाले बताएका छन्।

Advertisement

लकडाउनका कारण भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले विशेष चनाखो भइ कार्य गर्न आवश्यक रहेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top