मुम्बईको एकै अस्पतालका २६ नर्स र तीन चिकित्सकलाई कोरोना संक्रमण

२४ चैत्र, एजेन्सी ।
भारतको मुम्बईस्थित एक अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

मुम्बईको वोकहार्ट अस्पताल कार्यरत नर्स र चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरिएको छ।

मुम्बईका सरकारी अधिकारीका अनुसार एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कसरी कोरोना देखियो भन्‍ने विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन दिइएको छ।

Advertisement

यसका साथै उक्त अस्पतालभित्र जान र भित्रकालाई बाहिर जान दिइएको छैन। उक्त अस्पतालमा भर्ना गरिएका बिरामीहरुलाई भने दुईपटक कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो। उक्त अस्पतालका २७० बिरामी र नर्सहरुको कोरोना परीक्षण गरिएको छ।

यस्तै अस्पतालका सम्पूर्ण आपत्कालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन्। अस्पतालको क्यान्टिन खुला छ भने सोही क्यान्टिनबाट अस्पतालभित्र रहेका चिकित्सक र नर्सहरुलाई खाना खुवाउने काम भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top