×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

शनिबार यता २ सय ५५ जनाको कोरोना परीक्षण,नयाँ संक्रमित भेटिएनन्

२५ चैत्र २०७६

२५ चैत, काठमाडौँ ।
गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटीएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताएका हुन् ।

शनिबार यता २ सय ५५ जनाको परीक्षण गरिएको छ । शनिबार सम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो । यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परिक्षण भएको प्रवक्ता देवकोटाले बताए । जसमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ भने एक जना उपचार पछि घर फर्किसकेका छन् ।

Advertisement
Advertisement

प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य अवस्था समान्य रहेको समेत बताए । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको समेत उनले बताए । संक्रमणको जोखिम उच्च भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, ¥यापीड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण शुरु गरिएको समेत उनले बताए । जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको उनले बताए ।

काठमाडौं उपत्यका भित्र १६ जना र काठमाडौं बाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वारेन्टाइनमा ९ हजार २ सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताए । यस्तै रेड जोनमा मंगलबार १७ जना थपिएर १ सय ७२ जना पुगेको उनले बताए । यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिहरुको नमुना संकलन समेत भएको उनले बताए ।

Advertisement
Advertisement

विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलिले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरुका २६ जना स्वास्थ्य कर्मीहरुलाई कोभिड १९ सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सम्मन्न भएको उनले बताए । निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई सरकारले आवश्यकता अनुसार परिचालन गरेर आ–आफ्नो तह अनुसार सुविधा दिने निर्णय गरे अनुसार काम अगाडि बढाइएको समेत उनले बताए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top