२६ चैत, बुटवल । कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सकलाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कारबाही गरेको छ । बिनासूचना अनुपस्थित भएका लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकलाई मन्त्रालयले सेवाबाट हटाएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, न्यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो ।
करार सेवामा नियुक्त उनीहरू अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका थिए। सामाजिक विकासमन्त्री सुदर्शन बरालले अन्य अस्पतालमा पनि अनुगमन र निगरानी बढाएकाले बिनाकारण सेवामा हाजिर नहुने चिकित्सकलाई कारबाही गर्ने बताए ।