आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने

२६ चैत, काठमाडौं ।
नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । बुधबारको निगम सञ्चालक समितिको बैठकले पूरै भरिएको १४.२ किलोको सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने उनले बताए ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top