लकडाउनमा चैतली मेला लगाएको आरोपमा चार वडाध्यक्षसहित ९ जना पक्राउ

२६ चैत, बझाङ ।
लकडाउन अवज्ञा गर्दै चैतली मेला सञ्चालन गरेको आरोपमा बझाङको छविसपाथीभेराका चार वडाअध्यक्षसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोना भाईरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्दै बझाङको छविसपाथीभेरा ३ को बान्नीकोटमा मेला सञ्चालन गरेको आरोपमा उनीहरुलाई बुधबार नियन्त्रणमा लिइएको हो।

वर्षेनी लाग्दै आएको सो भेला स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार समापन भव्य रुपमा गरेका थिए।

Advertisement

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि लकडाउन जारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top