काठमाडौँमा रहेकालाई बाहिर पठाउने निर्णय रद्द

२७ चैत, काठमाडौँ ।
सरकारले लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन गरेको छ । उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भएपछि तत्काल नपठाउने निर्णय गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको बिहीबारको छलफलले सो निर्णय गरेको हो ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई शुक्रबार र शनिबार पठाउन सकिने बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top