न्यायालयका कामकारवाहीलाई बढाउने सर्वोच्चको निर्णय

२८ चैत, काठमाडौं । सर्वोच्च अदालतले आज शुक्रबार देखि नै न्यायालयका कामकारवाहीहरुलाई बढाउने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरासहित सर्वोच्च अदालतको शुक्रबार बसेको फूल कोर्ट (पूर्ण बैठक)ले आजदेखि नै न्यायालयका काम कारवाही बढाएको हो ।

यही चैत १२ गते देखि हिजो बिहीबारसम्म न्यायालयले बन्दीप्रत्यक्षीकरणको निवेदन, गम्भीर प्रकृतिको कोभिड—१९ संग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई, पक्राउ अनुमति, जरुरी पक्राउ पूर्जीको समर्थ, मुलुकी फौजदारी कार्य्विधि संहिता, २०७४ को दफा १५५ बमोजिमको रकम तिरी र्कदबाट मुक्त हुन सक्ने निवेदनलगायत निवेदनको बारेमा मात्र कारवाही गरेको थियो ।

यस बाहेक आज शुक्रबार देखि अभियुक्तलाई हिरासतमा राख्न अनुमति दिने(म्याद थप गर्ने), अभियोगपत्र दर्ता गर्ने, पक्राउ परी आएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्ने जस्ता कार्यहरु गर्ने गरी फूलकोर्टले निर्णय गरेको छ ।

फूलकोर्टले आइतबारदेखि मुलुकी फौजदारी संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनको कारवाही र सुनुवाई तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम दर्ता भइसकेका पुनरावलोकनका निवेदनका सुनुवाई सम्बन्धी कार्य र लकडाउनको अवधिमा दरपीठ आदेश उपरको निवेदन दर्ता पनि सुचारु हुने निर्णय गरेको सर्वोच्च अदालतबाट थाहा भएको छ ।

सबै प्रकारको व्यवस्था गर्नको समय लाग्ने भएका कारण लकडाउनको अवधि समाप्त भएको तीन दिन पछि अदालतका सबै कार्यहरु नियमित हुने पनि फूलकोर्टले निर्णय गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top