२९ चैत, काठमाडौँ ।
कोरोनाभाइरस (कोभिड–१९)को परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमाडौंको वीर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
उनले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण शुरु हुने बताए । उनले तीन दिन यता ¥यापिड डाइगोनेस्टिक किटको माध्यमबाट परीक्षणको दायरा बढाइएको बताए ।
उनले विदेशबाट आउने व्यक्तिहरु नेपाल आइसकेको १४ दिनभन्दा बढी भएको अवस्थामा यो किटको परीक्षणबाट सही रिपोर्ट आउने भएकाले दायरा बढाइएको बताए । यस्तै ७७ वटै जिल्लामा ¥यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए ।