बलियो संगठन निर्माणमा जुट्न सिंहद्धारा कार्यकर्ताहरुलाई निर्देशन

बलियो संगठन निर्माणमा जुट्न सिंहद्धारा कार्यकर्ताहरुलाई निर्देशन

बाँके, चैत १४
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको सामना गर्न बलियो संगठन निर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै हाल कमजोर बनेको कांग्रेसका लागि अहिलेको समय थप चुनौतिपूर्ण रहेको भन्दै मजबुत संगठन निर्माणमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले कुनैपनि अधिनायकवादी व्यवस्थासित कांग्रेस नझुक्ने बताए । नेता सिंहले पार्टी संगठनलाई बलियो बनाउँदा मात्र बाम गठबन्धनसँग लड्न सकिने भएकाले सोहिअनुरुप संगठन निर्माण गर्न आवश्यक रहेको बताए ।

पत्रकार भेटघाटमा उनले वाम गठबन्धनले साम्यवादी व्यवस्था ल्याउने उदघोष गरेको अवस्थामा सर्वोच्च अदालतको पछिल्लो घटना र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूमा केन्द्रित गर्दै गएकाले जनतामा त्रास उत्पन्न गराएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.