×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

स्वास्थ्य सावधानीसँगै सडक र पुल निर्माण अघि बढाइँदै

३० चैत्र २०७६

३० चैत, काठमाडौँ ।

 ‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । सडक विभागले सरकारले घोषणा गरेको ‘लकडाउन’को केही दिन पछिबाटै रोकिएका बिभिन्न आयोजनाको निर्माण अघि बढाएको हो ।

Advertisement
Advertisement

हाल झण्डै ६० देखि ६५ पुल आयोजना निर्माण अघि बढाउन लागिएको सडक विभागले जनाएको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा निर्माणाधीन सडकमा सामाजिक दूरी कायम गरी निर्माण अघि बढाउन लागिएको हो । काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा सवारी चापले गर्दा कठीन हुने स्थानमा अहिले मर्मत गरिने विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले भने, ‘धेरै स्थानमा भीडभाड नहुने र आवश्यक स्वास्थ्य सावधानी अपनाएर निर्माण गर्न सकिन्छ ।’

विभिन्न स्थानमा सडक र पुल निर्माण अघि बढाउन अनुमति माग्न विभागले कोरोना सङ्क्रमण रोकथाम समितिलाई पत्र समेत लेखिसकेको छ । समितिले सम्बन्धित जिल्लाका प्रशासन कार्यालयलाई पत्र लेखेपछि काम गर्ने वातावरण बन्ने महानिर्देशक शर्माले बताए । थोरै आयोजनामा अहिले पनि सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको त्यहाँस्थित डिभिजन सडक कार्यालयले जानकारी दिएका छन् । ती स्थानमा एक मिटरको दूरी कायम राखेर माक्स र सेनेटाइजर प्रयोग गरेर मजदुर निर्माणमा खटिएको महानिर्देशक शर्माले बताए । उनले भने, ‘कुनै साइटमा स्वास्थ्यकर्मीसमेत राखेर काम भइरहेको जानकारी आएको छ ।’

आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’को अवधि थप गर्दा भौतिक पूर्वाधारको भने अलपत्र केही योजना सम्पन्न गराउन निर्माण अघि बढाउन लागिएको हो । त्रिभुवन राजमार्ग र कोशी राजमार्गमा सडक निर्माण अघि बढाइने भएको छ । त्यससँगै, झापा, सङ्खुवासभा, कैलाली, मकवानपुर, मुगु, जुम्लालगायत जिल्लामा पनि निर्माण शुरु हुने उहाँले जानकारी दिए । उनले भने, ‘निर्माण त्यसै छाड्दा नोक्सान हुने स्थानलाई छनोट गरिएर काम अघि बढाउन लागिएको हो ।’

देशभरमा हाल सङ्घीय सरकारले निर्माण गरिरहेकै एक कहजारभन्दा बढी पुल भएपनि त्यसमा अहिले ६०÷६५ पुल मात्रै छनोट गरिएको छ । तीमध्ये अधिकांशमा थोरै मात्रै काम बाँकी छ । ती योजनामा दुईचार दिन काम हुँदा सम्पन्न हुने महानिर्देशक शर्माले बताए । त्यस्तै, निर्माण व्यवसायीले पनि ती योजनामा काम गर्न सकिने बताएका छन् । उनले भने, ‘समितिबाट अनुमति आएपछि नै काम अघि बढाइनेछ ।’

‘लकडाउन’ घोषणा पहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मर्मत भइरहेको थियो । त्यस्तो मर्मतका लागि कम जनशक्ति भए पुग्ने हुँदा अहिले पनि निरन्तरता दिन सकिने महानिर्देशक शर्माले बताए । एउटा गाडी र एक जना चालक र थोरै सङ्ख्यामा अरु कामदार भएपछि मर्मत कार्य गर्न सकिने उनले जानकारी दिए । उपत्यका बाहिरिने मुख्य नाका नौबिसेमा काठमाडौँ जिल्लापट्टिको काम सम्पन्न भइसकेको छ । खानेपाइपका कारण निर्माणमा कठीनाई आइरहेको गौशाला–चावहिल सडकसमेतमा निर्माण ‘लकडाउन’का कारण ठप्प छ । यी सडकमा चाँडै निर्माण अघि बढाउन सकिने महानिर्देशक शर्माले बताए । उनले भने, ‘सवारी चाप नभएको समयमा निर्माण गर्न सहज पनि छ ।’

नेपाल निर्माण व्यवसायी महासङ्घले गत साता नै प्रेस विज्ञप्तीमार्फत सरकारलाई निर्माण अघि बढाउन वातावरण बनाउन अनुरोध गरेको थियो । महासङ्घका महासचिव रोशन दाहालले कुनै स्थानमा फर्मा ठोकेको त कतै खाल्डा खनेको गरी निर्माण अलपत्र अवस्थामा रहेको बताए । वर्षा शुरु हुनु पहिले ती काम सम्पन्न नगर्दा त्यो क्षति हुने उनले बताए । महासङ्घले वर्षामा क्षति पुग्ने पुल र नदी नियन्त्रणका काम अघि बढाउन सहजीकरण गर्न सरकारलाई अनुरोध गरेको हो । अधिकांश आयोजना मजदुर निर्माणस्थल मै रहेकाले काम गर्न सकिने उनले बताए । निर्माणस्थलमा रहेका मजदुरलाई निर्माण व्यवसायीले खाने बस्ने प्रवन्ध गरिरहेको उनको दाबी छ । उनले भने, ‘काम गर्न एक दुई जना प्राविधिक जनशक्ति चाहिएपनि ठूलो सङ्ख्यामा मजदुर निर्माणस्थलमै छन् ।’

Advertisement
Advertisement

रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top