१ वैशाख, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
उनले सोमबार ट्विट गर्दै राष्ट्रियसभाबाट आफूले पाउने एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका हुन् । श्रेष्ठले एक वर्षमध्ये दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोषमा र बाँकी महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने उल्लेख गरेका छन् ।