मजदूर भोकभोकै बस्नु पर्दैनः भरतपुर महानगरपालिका

१ बैशाख ७७, मंगलबार

२ वैशाख, चितवन ।
भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई लकडाउनमा आफ्नो घर जान नपर्ने जनाएको छ ।

कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको छ । मजदूरलाई खानका लागि राहतको व्यवस्था गरेको जनाउँदै महानगरपालिकाले जहाँ रहेको हो त्यही ठाउँमा बसेर लकडाउनको पालना गर्न आग्रह समेत गरेको छ ।

महानगपरपालिका प्रमुख रेनु दाहालले पहिलो चरणमा १२ हजार ८ सय ३६ परिवारलाई राहत वितरण गरिसकेको र राहतको अवश्यकता भएका ज्याला मजदूरी गरेर बस्नेलाई राहत प्रदान गर्दै जाने बताइन् । उनले भनिन्, ‘खानाको अभावले बाहिर भौतारिनु पर्दैन ।’

Advertisement

उद्योग, कलकारखाना, व्यवसायिक प्रतिष्ठान जहाँ रहेका छन् ती ठाउँहरुमा काम गर्नेहरुलाई सम्बन्धित कम्पनीहरुले समेत खानाको व्यवस्था गरिरहेका छन् । असंगठित ठाउँमा काम गर्ने मजदूर समस्यामा परेका हुन् । उनीहरुलाई महानगरले राहत दिएको छ ।

सङकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उनले अत्यावश्यक भएका परिवारले मात्र राहत लिइदिन आग्रह गरेका । वडा कार्यालयबाट राहत बितरण गरिएको छ । काठमाडौं सहित विभिन्न शहरबाट भरतपुर महानगर हुँदै आ–आफ्नो गन्तव्य हिडेकाहरुलाई यहाँ खानाको व्यवस्था समेत गरिएको छ ।

Advertisement

नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान नपाएकाहरुलाई स्थानीय तहसँग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन् ।

भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ कुइन्टल चामल, १ सय १९ कुइन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ गोटा साबन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ कुईन्टल आलु र चना, २ हजार ३६ प्याकेट भुजा वितरण गरेको जनाएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top