नेपालसहितका २५ मुलुकले भुक्तानी गर्नु पर्ने ऋणको समयावधि थप

१ बैशाख ७७, मंगलबार

२ वैशाख, एजेन्सी ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरसको अति जोखिममा रहेका नेपालसहित विश्वका २५ मुलुकले भुक्तानी गर्नु पर्ने करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणको समयावधि बढाएको छ।

मुन्द्रा कोषले ऋण भुक्तानीका लागि ६ महिनाको समय थप गरेको हो । कोषका अनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक संकटको व्यवस्थापनका लागि सहज होस् भनेर यस्तो कदम चालिएको हो ।

कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपालसहित अफगानिस्तान, हाइटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ वटा मुलुक रहेको बताइन्।

Advertisement

उनले भनिन्, कोषको यस निर्णयले कमजोर आर्थिक स्थिति भएका मुलुकहरुले आफूसँग भएको रकम अत्यावश्यक स्वास्थ्य सामग्री खरिद तथा राहत कार्यमा खर्च गर्न सक्नेछन्।’

उक्त ऋण तिर्ने समय थप प्राप्त गर्ने अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, माडागासकर, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगो रहेका विज्ञप्तीमा उल्लेख छ।

Advertisement

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका १६५ जना अन्तर्राष्ट्रिय व्यक्तिहरुको समूहले अति जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न आग्रह गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top