×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

भारतबाट आएका सबै क्वारेन्टाइनमा नबस्दा त्रास

३ बैशाख २०७७

३ बैशाख, डोटी । 

भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ फर्किएका छन् तर ती सबै क्वारेन्टाइनमा बसेका छैनन् ।

Advertisement
Advertisement

क्वारेन्टाइनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिए पनि गाउँले भने त्रसित भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय खेमबहादुर विष्टले बताए । उनले भने, “क्वारेन्टाइनमा बसेकामा समस्या देखिएन, कतिपय क्वारेन्टाइनमा नबसेका पनि छन् उनीहरुको अवस्था के छ अहिलेसम्म नबुझ्दा त्रास बढेको छ । ।”

पछिल्लो समय कैलाली र कञ्चनपुरमा पाँचजना सङ्क्रमणका बिरामी फेला परेपछि अहिले यहाँका पहाडी जिल्लामा त्रास बढेको स्थानीयवासी बताउँछन् । दिपायल, राजपुर, पिपल्ला, सिलगढीलगायतका बजारमा भने मान्छेको चहलपहल तथा आवतजावत बन्द भएसँगै सुनसान छ । गाउँभन्दा शहरमा स्थानीय प्रहरी प्रशासनले कडाइ गरेपछि गाउँभन्दा बजार सुनसान भएको हो ।

गाउँघरमा मानिसको बढी चहलपहल र आवतजावत बढ्न थालेका कारण गाउँबाट कोरोनालगायतका रोगको सङ्क्रमण फैलिनसक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको कतिपयको बुझाइ छ । स्थानीय तहका क्वारेन्टाइनमा राखिएकाहरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि भारतबाट लकडाउन हुनुभन्दा पहिले आएका कतिपय गाउँघरमा खुलारूपमा हिँडडुल गरिरहेका कारण स्थानीयवासीमा त्रास फैलिएको हो ।

भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेर गाउँमै लुकेर बसेकालाई यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइनमा बस्न पटक–पटक आग्रह गर्दै पत्राचार गरिरहे पनि उनीहरुले त्यसको वास्ता नगरेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय खड्क बोहराले बताए ।

उनले भने, “लकडाउनु हुनुभन्दा पहिले आएका कतिपय स्थानीयवासी गाउँघरमै खुलारुपमा हिँडिरहेका छन्, उनीहरुमा कोरोना सङ्क्रमण भएको खण्डमा जिल्लामा समस्या देखिन सक्छ, क्वारेन्टाइन बस्भन्दा मान्दैनन् ।”

सरकारले कोरोना भाइरस फैलिन नदिन तथा रोकथामका लागि लकडाउन शुरु गरी सीमाक्षेत्रमा आवतजावतमा रोक लगाए पनि सुदूरपश्चिममा रहेका अधिकांश खुला सीमानाकाबाट नेपाली लुकीछिपी आउने र सिधै गाउँमा लुक्ने गरेको बडीकेदार गाउँपालिका–१ विपीनगरका स्थानीय गगन सार्कीले बताए ।

सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी जिल्लाबाट वर्षेनी हजारौँको सङ्ख्यामा स्थानीयवासी कामका लागि भारतका विभिन्न स्थान जाने गर्छन् । खेतीपातीको काम तथा चाडपर्व मानेर यहाँबाट हजारौँको सङ्ख्यामा युवा, वृद्ध भारतका विभिन्न स्थानमा मजदुरी गर्न जाने गर्दछन् ।

भारतमा कोरोना भाइरसले माहामारीको रूप लिन थालेपछि त्यहाँ रहेका नेपाली फर्कने क्रम एकाएक शुरु भएको हो । पछिल्लो समय यहाँका स्थानीयवासीमा छिमेकी मुलुक भारतका साथै अन्य मुलुकबाट फर्किएकामा कोरोना सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले लकडाउनका कारण छिमेकी मुलुक भारतसँगका प्रमुख नाका बन्द भए पनि लुकीछिपी नेपाल प्रवेश गरी गाउँ फकिर्नेको सङ्ख्या बढिरहेको बताए।

उनले भने, “स्थानीयवासी लुकिछिपी गाउँ पस्न थालेका छन्, गाउँमै स्वास्थ्य परीक्षण, व्यवस्थित क्वारेन्टाइन सञ्चालन र सम्भावित बिरामीलाई तत्काल अस्पताल पु¥याउने व्यवस्था गरिनुपर्छ ।”

भारतबाट रोजगारी गरी स्वदेश फर्किएका ३३० जनालाई यहाँका स्थानीय तहले आ–आफ्नो स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा २१ दिन राखी कोरोना परीक्षण गरी घर पठाएको छ ।

Advertisement

क्वारेन्टाइनमा राखिएकामा भने अहिलेसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएको र उनीहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्दासमेत सङ्क्रमणको लक्षण नभएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए ।रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top