×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

जहाँ बन्दैछ कोरोनाविरुद्ध लड्ने हतियार

३ बैशाख २०७७

३ बैशाख, काठमाडौँ ।

 त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढिरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निँदै पुग्छन् । वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन् । एम्बुलेन्स किन गएका होलान् भनेर जिज्ञासा पनि आमरुपमा उत्पन्न हुनसक्छ । विश्व स्वास्थ्य सङ्गठन र सरकारले तय गरेको मापदण्डविपरित गएर भने विश्वविद्यालय परिसरमा कुनै भीडभाड गरिएको छैन । आखिर के छ त ? विश्वविद्यालय परिसरमा ।

जवाफ सहज छ, राष्ट्रिय आविष्कार केन्द्र । नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउनेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महावीर पुनले विश्वविद्यालय परिसरमा नै केन्द्र स्थापना गरेका छन् । केन्द्रमा आजकल दैनिक २० जना दिनरात नभनी काम गरिरहेका छन् । केन्द्रका प्रमुख पुन पोखरामा छन् तर उनी पोखरामा रहेको भान कोही कसैलाई पनि छैन । केन्द्रमा भइरहेको काम कारवाहीको बारेमा उनले श्रव्यदृश्य माध्यमबाट निगरानी मात्रै गर्दैनन्, निर्देशनसमेत दिन्छन् । ‘तिमी केटाहरुले सङ्कटको समयमा पार लगाउन सक्छौं कि सक्दैनौँ, नेतृत्व क्षमता देखाउन सक्छौं कि सक्दैनौँ भनेर जिम्मा नै दिनुभएको छ पुन सरले’, आविष्कार केन्द्रमा संयोजन गरिरहेका इन्जिनीयर शङ्कर ढकालले भने ।

कोरोनाको सङ्क्रमणबाट जोगाउने लक्ष्यका साथ राष्ट्रिय आविष्कार केन्द्रमा महत्वपूर्ण काम भइरहेको छ । विश्वव्यापी रुपमा नै कोरोनाको महामारी बढ्दै गएको बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ केन्द्रले । पीपीई मिलाउने र पट्याउने काममा विगत १० दिनदेखि खटिइरहेका पर्वतका अमबहादुर रोकालाई पनि सङ्कटको समयमा दिनरात नभनी काम गर्दा पनि थकाइको महसुस भएको छैन ।

कोभिड–१९ लागेका मानिसका लागि खाना औषधि पु¥याउन रोबर्ट बन्दैछ । सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत ६ जनाको समूहले काम गरिरहेको छ । फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ । बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन । फ्याकिएका सामान नै प्रयोग गरेर रोबर्ट तयार हुँदैछ । सोमबार डेमो गरिसकिएको छ । ‘स्वचालित बनाउनका लागि आवश्यक प्रणाली जडान हुँदैछ, अब केही दिनमा तयार पार्छौँ, यसले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनुपर्ने आवश्यकता हुँदैन’, ढकालले भने ।

रोबर्ट अबको तीन दिनमा तयार हुनेछ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा विभिन्न तीन तल्लामा कोरोनाका बिरामी उपचार गर्ने स्थान बन्दैछ । आईसीयू तयार हुँदैछ । वीरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल सबै क्षेत्रमा १५ देखि २० वटा रोबर्ट तत्कालै आवश्यक परेको छ । माग पनि उत्तिकै आइरहेको छ, केन्द्रलाई । कोरोनाको उपचार गराइरहेका बिरामी र चिकित्सकबीच कुनै पनि समयमा प्रत्यक्ष सम्पर्क नहोस्, खाना तथा औषधि पु¥याउनसमेत सहज होओस् भनेर नै रोबर्ट तयार पारिएको इन्जिनीयर कार्कीले बताए ।

सब्जी कोठी

इन्जिनीयर गौरव दासको चटारो पनि उस्तै छ । दासलगायतको समूहले सब्जी कोठी बनाइरहेको छ । किसानले तरकारी १० देखि ४० दिनसम्म जस्ताको तस्तै राख्न सक्छन् कोठीमा । गाडीबाट घरघरमा पुर्याएर बिक्री गर्नसमेत सकिन्छ । त्यसमा डिस इन्फेक्सन च्याम्बर राखिएको छ । त्यसले जुनसुकै भाइरस पनि मारिदिनसक्छ । त्यसभित्र एक प्रकारको कृत्रिम ओजन तह बनाइएको छ ।

‘योसँगै गौरवकै नेतृत्वमा पीपीई, ग्लोब्स, मास्क डिसइन्फेक्सन गर्ने यन्त्रको आविष्कार गरिरहेको छ । काम अन्तिम चरणमा रहेको छ । एक प्रकारको अल्ट्रा भाइलेट रे युक्त (यूभी) बनाइँदै छ । त्यो झण्डै ओभन जस्तै हुन्छ । केही दिनमा तयार हुँदैछ’, दासले भने । त्यसभित्र एक प्रकारको बक्सा हुन्छ । त्यहाँ राखेपछि एक पटक प्रयोग गरिएका सामान फेरि प्रयोग गर्न सकिने गरी भाइरसरहित बनाइन्छ । व्यक्तिगत स्वास्थ्य एवं सुरक्षात्मक सामग्रीको अभाव भइरहेको बेलामा निर्मलीकरण गरेर पनि प्रयोग गर्नसक्ने ओभन जस्तै यूभी बनाउन लागिएको दासले जानकारी दिए ।

जनकपुर निवासी २६ वर्षका गौरव मेकानिकल इन्जिनीयर तथा जुनियर वैज्ञानिक पनि हुन् । दुईवटा शोधको त उनीसँग ‘प्याटेन्ट राइट’ नै छ । सब्जी कोठी र दर्जी उनको प्याटेन्ट राइट भएका अविष्कार हुन् । दास थापाथली इन्जिनीयरिङ अध्ययन संस्थानका विद्यार्थी हुन् ।

स्यानिटाइजिङ टनेल

स्यानिटाइजिङ टनेल पनि गौरव कै नेतृत्वमा बनिरहेको छ । के छ त यसको विशेषता ? हाम्रो प्रश्न थियो, दासलाई । बिरामी, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले आवतजावत गर्दा, बाहिर गएर आउँदा त्यो टनेलले पूरै शरीर ‘स्यानिटाइज’ गर्छ । त्यस्तै खालको टनेल टेकु अस्पतालमा जडान गरिएको छ । त्यो आयातित हो । दासको समूहले फालिएका र काम नलाग्ने सामग्रीबाटै टनेल बनाइएको हो । सो मेशिनले हातमा स्यानिटाइजर गरे झैँ पूरै यसबाट शरीरलाई स्यानिटाइज गर्न सकिन्छ । जसले गर्दा एक मानिसबाट अर्को मानिसमा भाइरस सर्न पाउँदैन । मेसिनले नै शरीरमा एकैचोटी स्वानिटाइज गर्ने प्रविधि यसमा जडान गरिएको छ ।

एम्बु व्याग

आविष्कार केन्द्रमा निर्माण भइरहेको अर्को सामग्री हो एम्बु ब्याग । अहिले पनि कतिपय ठाउँमा अक्सिजन दिँदा म्यानुअल पम्पिङ गर्ने गरिन्छ । अस्पतालमा अब यो तयार भएपछि मेसिनले अटोमेटिक रुपमा पम्प गर्छ । भेन्टिलेटरमा यो खालको मेशिन राख्दा झनै प्रभावकारी हुन्छ । अस्पतालमा वा एक ठाउँबाट अर्को ठाँउमा बिरामी लैजाँदा एम्बु व्यागले ठूलो काम गर्छ । गम्भीर बिरामीलाई अक्सिजन पम्पिङ गर्दा हात प्रयोग गर्नु पर्दैन । सिधै मेशिनले गर्न मिल्ने गरी यो बनाउन लागिएको हो । हाल त्यस्तो खालको ब्याग देशभरी जम्मा ५०० मात्रै होला ढकालको दाबी छ ।

एरोसल बक्स

कोरोनाको शङ्का लागेका बिरामीको स्वाब परीक्षणका क्रममा सबैभन्दा बढी सक्रमणको जोखिममा चिकित्सक नै हुन्छ । उपचारका क्रममा बिरामीले वाकवाक गर्छ, ह्याच्छयूँ गर्छ, त्यसबेला त्यो थुक चिकित्सक नर्ससम्म आउन नदिनका लागि नयाँ बाकस आविष्कार गरिएको ढकाल बताउँछन् । जसको नाम ‘एरोसल बक्स’ राखिएको छ । एउटा बाकसमा सिसा लगाइएको हुन्छ । हात छिर्न मिल्ने गरी दुईवटा प्वाल बनाइएको छ । बिरामी बेडमा रहेको बेलामा आवश्यक परीक्षण र उपचारका क्रममा यो बक्स प्रयोग गरिन्छ । विभिन्न अस्पतालबाट यसको माग भइरहेको छ । चितवनको कलेज अफ मेडिकल साइन्सेज र शिक्षण अस्पतालबाट समेत माग आइसकेको छ ।

पीपीई बुथ

केन्द्रले तयार पारेको अर्को आविष्कार हो, पीडीई बुथ । कोरोनाभाइसर स्याम्पल कलेक्सन बुथ (पीपीई बुथ) को रुममा पनि त्यसलाई लिन सकिन्छ । यो एउटा ठूलो बक्सा हो । बक्साभित्र चिकित्सक बस्छन् । बक्साको एक भागमा सिसा राखिएको हुन्छ । सिसामा दुईवटा हात छिराउन मिल्ने प्वाल राखिएको छ । रबर पञ्जामा पीपीईको कपडा जोडेर बनाइएको नयाँ पञ्जा त्यस प्वालमा जोडिन्छ । त्योभन्दा बाहिर प्लाष्टिकको नयाँ पञ्जा प्रयोग हुन्छ । हात छिराएर पञ्जामार्फत चिकित्सकले बिरामीको आवश्यक परीक्षण गर्नसक्छन् । यसरी परीक्षण गर्दा सिसाबाट भाइरसभित्र छिर्न पाउँदैन ताकी चिकित्सकसम्म भाइरस जान पाँदैन र सर्ने सम्भावना कम हुन्छ । विश्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रोग सरेको र कयौँको मृत्युसमेत भइसकेको अबस्थामा यसले रोग सर्नबाट रोक्नसक्ने गरी प्रविधिको विकास गरिएको ढकालको भनाइ छ ।

उक्त बुथको अर्को साइटमा ६ मिटर लामो पाइप राखेर उपयुक्त फ्यान राखिएको छ । जसले दूषित हावा बाहिर फाल्छ भने ताजा हावा चिकित्सकसम्म पु¥याउँछ । कतिपय ठाउँमा प्रयोग गरिएको बुथहरु सुरक्षात्मक नभएकाले हटाउन भनिसकिएको ढकालले बताए ।

पीपीई

आविष्कार केन्द्रमा पीपीईको विज्ञ कोही पनि थिएनन् तर अवस्थाले पीपीई विज्ञ बनाइदियो । समस्या आइसकेपछि पीपीईबाट काम शुरु गर्ने निर्णय भएको ढकालको भनाइ छ । ‘त्यसको माग बढी थियो । चिकित्सक नै सङ्क्रमित भए भने धेरैलाई प्रभावित पार्ने भयो भनेर हामीले त्यसको अनुसन्धान थाल्यौँ’, ढकालले भने, ‘वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना मगाएर हेरियो । त्यो हेर्दा वाटर पेनिटेसन थिएन । पानी छिर्ने भेटियो । त्यसपछि अनुसन्धान टोलीले विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइनको अध्ययन गरियो ।’ गाइडलाइनमा भनिएको थियो वाटर प्रुफ्ट, एयर प्रुफ्ट र भाइरस प्रोटेक्टिभ हुनुपर्छ पीपीई । त्यसपछि हामीले कुन कपडा कस्तो छ भनेर हामीले खोजी ग¥यौँ । डबल लेयर, रबराइज, टाफेटा भन्ने फ्यावरिक पत्ता लाग्यो । यो फेवरिक जापानको उत्पादन हो । कम्पनीले नै भाइरस प्रोटेक्टिभ भनेर प्रमाणित गरेको कपडा हो ।’

पहिले प्रयोग भइरहेका पीपीईमा हाई प्रेसरमा पानी पठाउँदा पानी पस्ने गरेको पाइयो भने यो पीपीईमा भने जति प्रेसर गर्दा पनि पानी नपसेको ढकालको भनाइ छ । गुणस्तर विभागले मापदण्ड हेरेर ठीक छ भनेको छ । केन्द्रले विभागलाई नमूना दिएर आवश्यक प्रस्तुति गरेरै काम गरेको हो । पीपीई आवश्यक डिजाइन गरेर निश्चित टेलरमा सिलाउने गरिएको छ । विभागको सुझावको आधारमा पानी नपस्ने खालको र एयर प्रुफ जीफर प्रयोग गरिएको छ । ‘सकेसम्म कम सिलाउने गरिएको छ । सिलाएको ठाउँमा समेत पानी र हावा छिर्न नसक्ने गरी टेप लगाइएको छ । सकेसम्म साइन्टिष्ट र मेडिकल विद्यार्थीबाट मेहनत गरेर बनाएका छौँ’ ढकालले भने ।

अहिलेसम्म दुई हजार ८०० भन्दा बढी बनाएर निःशुल्क रुपमा वितरण गरिसकेको छ, केन्द्रले । सातै प्रदेश र ७७ वटै जिल्लामा पुगेको छ केन्द्रको पीपीई । माग बढ्दो छ । अझै तीन÷चार हजार माग छ ढकालले आँकडा सुनाए । उनले भने, ‘टेप र जिफर सरकारले उपलब्ध गराइदियो भने नेपाललाई चाहिने सबै पीपीई हामी उत्पादन गर्न सक्छौँ ।’ राष्ट्रिय आविष्कार केन्द्रले एउटा स्टाण्डर्ड ९गाइडलाइन० निकालेको छ । यो निकालेपछि यसैलाई फलो गरेर अन्य ठाउँबाट पनि उत्पादन शुरु गरिएको छ । यही हाम्रो गाइडलाइनबाट बनिरहेको छ । एम्बुलेन्स चालकका लागि पनि छुट्टै पीपीई बनाइएको छ । दुई सयभन्दा बढी चालकले लगिसकेका छन् ।

त्रिविवि शिक्षण अस्पताल, वीर अस्पताल टेकु, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल तथा निजी अस्पताल सबैलाई पीपीई दिइएको ढकालले बताए । ‘अझै माग आइरहेको छ । हामी दैनिक १८ घण्टा बढी खटेर पीपीई बनाइरहेका छौँ’, ढकालले भने, ‘कुन अस्पतालाई चाहिन्छ, के कति मात्रामा माग छ भन्ने कुरा महावीर पुनले नै तथ्याङ्क लिनुहुन्छ, र यहाँ पठाउनुहुन्छ । हामी सोहीअनुसार दिएर पठाउछौँ ।’ पीपीईमा जापानिज फेबरिक प्रयोग हुन्छ, त्यसमा पनि डबल लेयर्ड रबराइज हुनुपर्नेछ, काट्ने र सिलाउने ठाउँ कम गरिएको छ । काटेको ठाउँमा टेपिङ अनिवार्य गर्नुपर्ने, जिफर हावा र पानी नछिर्ने हुनुपर्ने मापदण्ड छ ।

काठमाडौँ मै बस्ने पर्वतका अमबहादुर रोक्का पनि पीपीई पट्याउँदै थिए । उनी ९ दिनदेखि स्वयंसेवकको रुपमा काम गरिरहेका छन् । अहिलेको अवस्थामा सहयोग गर्न यहाँ काम गर्न आएको । सेवा भनेको दुःख पर्दा हो सुख पर्दा जसले पनि गर्छ । त्यही भएर सेवा गर्न मन लागेको छ । यहाँ यसरी झण्डै २० जनाले काम गरिरहेका छन् । रात दिन नभनी काम भइरहेको केन्द्रलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराए कोरोना नियन्त्रणका लागि विदेशबाट सामान आयात गर्नै नपर्ने ढकालको दाबी छ । हालसम्म सबै सामग्री निःशुल्क दिइएको छ ।

अमेरिका नेपाल चिकित्सक सोसाइटीले केही सहयोग उपलब्ध गराएको छ । यस्तै नेपालभित्रका केही दाताले सक्दो सहयोग गरेका छन् । सोही सहयोगका आधारमा नै केन्द्रले कोरोना नियन्त्रणका लागि सक्दो सहयोग गरेको छ । सरकारले आफूहरुलाई साधन र स्रोत उपलब्ध गराए देशभित्रै स्वास्थ्य सामग्री बनाउन सकिने उल्लेख गर्दै ढकालले नेपाली युवा वैज्ञानिकको ज्ञान र सीपलाई प्रयोग गर्नुपर्ने बताए ।

–रमेश लम्साल / नारायण ढुङ्गाना/ रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top