भारतीय क्वारेन्टाइनमा बसेका भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउन गृहको निर्देशन

४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका शैल्यशिखर नगरपालिका–१, दार्चुलाका वासुदेव भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ ।

आमाको मृत्यु भएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरिया बसेका छन् । उनी नेपाल प्रवेश नपाएपछि क्वारेन्टाइनमै आमाको किरिया बसेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भट्टलाई नेपाल ल्याउन आवश्यक समन्वयका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टलाई निर्देशन दिइएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top