राष्ट्र बैंकले ४० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने

३ बैशाख ७७, बिहीबार

४ वैशाख, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ।

बैंकले बुधबार ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र निष्काशन गर्ने सूचना जारी गरेको हो। उक्त बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरबाट रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा अरिद गर्न सकिने बैंकले जनाएको छ।

बचतपत्रको ब्याजदर १० प्रतिशत हुने छ भने ब्याज भुत्ततानी ६–६ महिनामा गर्नु पर्नेछ। यस्तै घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न पाउने गरी राष्ट्र बैंकले सिमा तोकेको छ।

Advertisement

यस्तै लगानी (खरिद) कर्ताले यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन या दिन सक्नेछन्। वैशाख २७, जेठ २७ र असार २७ गते बचतपत्र निष्काशन गरिने र साँवा भुक्तानी भने बैशाख २८, जेठ २८ र असार २८ गते गरिने बैंकले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top