४ बैशाख, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि र र्यापिड डाइग्नोष्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण भएकोमा सबै नेगेटिभ देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वाव परीक्षण (पिसिआर) विधिबाट ३ सय ६९ जना र ¥यापिड डाइग्नोष्टिक ( आरडिटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएका परीक्षण कुनै पनि पोजेटिभ नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। विरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय ¥यापिड परीक्षण भएको छ । बुधबार पनि नयाँ संक्रमण देखिएको थिएन् ।
अहिलेसम्म दुबै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट ७हजार २ सय ४० र आरडिटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् । देशभरी नै सरकारले आरडिटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्लाबाहेक सबै जिल्लामा आरडिटी परीक्षण सुरु भएको छ । ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुमपूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु नभएको प्रवक्ता देवकोटाले बताए।
काठमाडौं उपत्यकाका १६ वटा नीजि अस्पतालले कोभिड क्लिनिक सञ्चालनको अनुमति पाएका छन् । यसअघि १५ हब अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ वटा नीजि मेडिकल कलेजहरुले सञ्चालन अनुमति पाएका थिए । ४ हजार ९ सय १ जनाअहिले क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९५ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् । नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना उपचारपछि घर फर्किएका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।