×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

लकडाउनमा पशुपति : साधुसन्तलाई खाना अभाव, साँढे मन्दिर बाहिरै

४ बैशाख २०७७

४ बैशाख, काठमाडौँ ।

पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो ।

Advertisement
Advertisement

आपसमा भलाकुसारी भने गरिरहेका थिए । अलिक नजिक जाँदा नदी किनारमा शव ठड्याएर राखेको देखियो । दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कदै थिए । धेरै अनुमान गर्नै परेन, उनीहरु दाहसंस्कारको तयारीमा थिए । तिनै मलामीतर्फ हेरेर साधु पानीका लागि गुहार्दै थिए तर मलामीलाई आफन्त गुमाएको पीडा । यस्तोमा ती साधुतर्फ उनीहरुको ध्यानै कसरी जाओस् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा पुग्दा एक प्रकारको सन्नाटा थियो । दर्शनार्थी कोही पनि थिएनन् । थिए त मलामी र तीन चार साधु । नदी किनारमा एउटा मात्र शव राखिएको थियो । किनारमा लहरै दाहसंस्कारका लागि बनाइएको स्थलमा दाउरा राखिएको थियो । अरु बेला दाउराका लागि कुर्नुपथ्र्यो ।

अहिले यहाँ लकडाउनमा दाहसंस्कार गर्न पहिलाको जस्तो शव ल्याइएको छैन । सरकारले दाहसंस्कारका लागि कुनै रोक त गरेको छैन । बरु दाहसंस्कारका लागि चाहिने स्रोतसाधनको पर्याप्त व्यवस्था गरेको छ ।

“किन हो कुन्नि लडकडाउन शुरु भएयता दाहसंस्कार गर्न पहिलाको जस्तै शव ल्याएको पाइन्नँ”, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशन डा घनश्याम खतिवडाले भने, “हामीले दाहसंस्कारको सबै चाँजोपाँजो मिलाइदिएका छौँ, कुनै कुराको कमी हुन दिन्नौँ ।”

वाग्मतीपारि जान खोज्दा साँढेले बाटो छेक्यो । अजङ्गको साँढे पुलमा उभिएको थियो । त्यसको अवस्था देख्दा निकै भोकाएको जस्तो देखिन्थ्यो । हत्तपत्त साँढेले बाटो छोडेन । नदीपारि पनि साँढे यत्रतत्र थिए । श्लेषमान्तक वनतर्फको बाटोमा गोबरैगोबर थियो । लकडाउनयता उक्त क्षेत्रमा सरसफाइ गरिएको छैन । उकालो चढ्दा बाटोमा अर्का साधु भेटिए । उनले नेपालीमा कुरा गर्न सकेनन् । भारतबाट आएका साधुले हिन्दीमै जवाफ फर्काए । लकडाउनपछि बाहिरबाट आएका साधुले पशुपतिनाथ मन्दिर क्षेत्र छाडेको उहाँको भनाइ थियो । “म पनि यहाँ धेरै बस्दिनँ, खानपिनको समस्या छ”, उनले भने ।

मृगस्थली पुग्दा पनि बाटोमा साँढे नै थिए । साधु बस्ने कुटियाभित्र तीन साँढे भेटिए । “लकडाउन शुरु भएपछि साँढे हामीसँगै कुटियामा बस्ने खाने गरेका छन्”, दिउँसोको भजनकीर्तनको तयारीमा रहेका योगी व्याघ्र वेदनाथले गुनासो गरे, “भगवान् शिवको बाहन साँढे (नन्दी)लाई नै पशुपतिनाथ मन्दिर पस्न मनाही गरिएको छ ।” साँढेलाई पशुपति मन्दिर परिसरमा पस्न नदिएकामा वेदनाथ मात्र होइनन् त्यहाँ रहेका अरु साधु पनि खुशी थिएनन् । उनीहरुले साँढे सधैँ भगवान् शिवको साथमा रहने धार्मिक कथन सुनाए । “साँढेलाई भोकभोकै र यसरी अलपत्र पार्न हुँदैन”, योगी वेदनाथले भने, “यो त सुहाउने काम भएन, मान्छेलाई पो रोक्ने हो, यी पशु कहाँ जान्छन् ?” उनले पशुपति क्षेत्रभित्रका साँढेलाई आहारको कमी भएको बताए । तिनीहरु भोकले पनि साधु भएको ठाउँमा आउने गरेको उनको भनाइ थियो ।

पशुपति क्षेत्रमा बस्दै आएका साधुसन्तलाई खाद्यान्न अभाव भएको उनीहरुले बताए । उनीहरुले कोषले आफूहरुको समस्याबारे चासो नदिएको गुनासो गरे ।

“कोषले लकडाउनपछि एक बोरा चामल उपलब्ध गराएको छ”, योगी वेदनाथले भने, “यतिका साधुसन्तलाई यसले पुग्छ ।” त्यही एक बोरा चामल पनि उनीहरुले प्रयोग गरेका छैनन् । “हामी भिखारी होइनौँ, यो चामल प्रयोग गर्दैनौँ, फिर्ता गछौँ, नभए परेवाले खान्छ”, उनले भने । यहाँ बस्दै आएका साधुसन्तले पहिला दर्शनार्थीले ल्याइदिएको खाद्यान्न तथा अन्य सामग्रीले खानपिनको जोहो गर्दै आएका थिए ।

अहिले कोही पनि नआउँदा उनीहरुलाई समस्या भएको छ । पहिलादेखिकै बचेको सामग्रीका भरमा उनीहरु बस्दै आएका छन् । यहाँका साधुसन्तले उल्टै भोकाएर आउनेलाई समेत खानाको प्रबन्ध मिलाउने गरेका छन् । “दिनहुँ ५० जनाभन्दा बढी भोकै छौँ भन्दै खाना खान आउँछन्”, योगी वेदनाथले भने, “भोकै आउनेलाई खुवाएर पठाउनै प¥यो ।”

मृगबाटिकाभित्र ठूलो सङ्ख्यामा मृग राखिएका छन् । मृगबाटिकाभित्रै बोकासमेत राखिएको छ । मृग र बोकालाई समेत आहारको अभाव भएको साधुहरुले बताए । “हाम्रो त यो अवस्था छ, यिनलाई कसले हेर्ने ?” उनीहरु गुनासो गर्दै थिए । मृग र बोकाका लागि हरियो घाँसको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो ।

“मृगको खान्की नै हरियो घाँस हो, पिठो खुवाएर हुन्छ”, उनीहरुले आक्रोश व्यक्त गरे । कोषका कर्मचारीहरु नियमितरुपमा रेखदेख तथा अनुगमनका लागि नआउने गरेको उनीहरुको दुखेसो थियो ।

बाटोभरि यत्रतत्र फोहरैफोहर देखिन्थ्यो । कुहेको केरा र चना मात्रै थियो । राम मन्दिरबाट फर्कँदै गर्दा बाटोमा भोक मेटाउन मैतीदेवीबाट हिँडेर पशुपति क्षेत्र पुगेका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–९ का कैलाश खड्का भेटिए । “डेरामा खानपिनको समस्या छ, खाना खान यतै आउँछौँ”, उनले भने । हिँडैरै घर जान पनि असहज भएको उनी बताउँछन् । गाउँलेको डरले घर नगएको खड्काको भनाइ छ । “बाहिरबाट रोग ल्याएर आयो भन्लान भन्ने डरले गएको छैन”, उनले भने, “बरु जसोतसो गरी लकडाउन यतै काट्छु ।” खड्कासँगै काठमाडौँमा मजदुरी गरी जीविकोपार्जन गर्दै अन्य दुई जना पनि खाना खान साधुसन्तकहाँ जाँदै थिए ।

कोषका कार्यकारी निर्देशक डा. खतिवडाले साँढेलाई पशुपतिनाथ मन्दिरभित्र प्रवेशमा रोक लगाएको स्वीकारे। “लकडाउनपछि साँढेलाई मन्दिर परिसरमा जान दिएका छैनौँ”, उनले भने, “भित्र जताततै गोबर नै गोबर हुन्छ, फोहर सफा गर्न सकिन्नँ, यस्तो माहामारीमा कर्मचारीलाई घरबाट बोलाउन पनि भएन ।”

लकडाउनअघि साँढेलाई मन्दिरभित्र पस्नबाट नरोकेको खतिवडाले बताए । साँढेले दुबो र बगैँचा नास गर्ने भएकाले पशुपतिका चारैतर्फका ढोका थुनेको उनी बताउँछन् । सरसफाइलाई ध्यानमा राख्दै साँढेलाई बाहिरै राखिएको खतिवडाको भनाइ छ ।

निर्देशक खतिवडाले पशुपति क्षेत्रमा रहेका साधुसन्त, बाँदर, मृग, साँढे, बोकालगायतलाई खानपिनको प्रबन्ध मिलाइएको बताए । “मृगबाटिकामा रहेका १५७ मृगका लागि पर्याप्त खानेकुराको व्यवस्था गरेका छौँ”, उनले भने, “पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले छाडेर गएका बोकालाई पनि मृग बाटिकामै राखेका छौँ, उनीहरुलाई खानेकुराको कमी छैन ।” बाँदरका लागि पवन सङ्घाइले एक दशकदेखि खानेकुराको व्यवस्था गर्दै आएको उनले जानकारी दिए ।

Advertisement

“उहाँले नियमित बाँदरको रेखदेख गर्दै आउनुभएको छ”, खतिवडाले भने । पशुपति क्षेत्रमा झण्डै ४० हजारको सङ्ख्यामा परेवा रहेको उनले जानकारी दिए । “दैनिक ३० पाथी जति चामल र मकै परेवालाई खुवाउने गरेका छौँ”, खतिवडाले भने । लकडाउनपछि पशुपति क्षेत्रको सरसफाइमा १० कर्मचारी खटाइएको छ । उनीहरुले पालैपालो काम गर्ने गरेको उनी बताउँछन् । “पाँच–पाँच जनाको समूहले काम गर्ने गरेका छन्, लकडाउनका कारण कर्मचारी कटौती गरी काम चलाएका छौँ”, डा खतिवडाले भने । उनले दैनिक ३०० देखि ५०० जनालाई खाना खाने प्रबन्धसमेत मिलाइएको बताए । रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top