५ बैशाख, विराटनगर ।
रोटरी क्लव अफ विराटनगर डाउनटाउनले वडा प्रहरी कार्यालय विराटनगरलाई ग्लोभ्स र ह्यान्ड स्यानिटाईजर सहयोग गरेको छ ।
क्लकी अध्यक्ष अर्चना तापरिया, पूर्व अध्यक्ष रचना राठी लगायतले वडा प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमलाई सहयोग बापतको सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्रीको अभावमा पनि प्रहरीले खटिनुपर्ने भएकोले कोरोना भाइरसको संक्रमणबाट जोगिन डाउनटाउनले १०० थान सानिटाईजर र २०० थान ग्लोभ्स सहयोग गरेको अध्यक्ष तापरियाले जानकारी दिइन् ।
रोटरी क्लव अफ विराटनगर डाउनटाउनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्लवले हालको संकटको बेला विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री र विपन्न वर्गका मानिसलाई रहतका लागि स्थानीय तहहरुमार्फत खाद्यान्न र नगद सहयोग गरिरहेको छ ।