फ्रान्सबाट नेपाल आएकी संक्रमित युवतीले कोरोनालाई जितिन्

६ बैशाख, काठमाडौँ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन् ।फ्रान्सबाट कतार हुदै नेपाल आएकी उनी गत चैत १० गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । युवती शनिबार २७ दिनपछि निको भएर डिस्चार्ज भएकी हुन् ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। युवतीको पछिल्लो २ वटा पिसिआर टेष्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । शनिबार डिस्चार्ज भएकी युवतीसँगै कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो । शुक्रबार उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ जना पुरुष चितवनमा पोजेटिभ देखिएका २ जना (एक महिला र एक पुरुष) को उपचार भइहेको छ । आरडिटी विधिबाट पोजेटिभ देखिएका नमुनाको पिसिआर परीक्षण जारी रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

अहिलेसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा परीक्षण गरिएको छ । यसैगरी आरडिटी विधिबाट अहिलेसम्म १९ हजार ४ सय ५४ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । मन्त्रालयले सबै जिल्लामा ¥यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top