७ वैशाख, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका छन् ।
चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
डाक्टर जगदिश जोशीले युवकमा कोरोनाको रिपोर्ट २४ घण्टाभित्र लगातार दुई पटक नेगेटिभ आएको बताए । मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो ।
१४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किदैछन् । नेपालमा कोरोना लागेर सन्चो भएका उनी चौंथो व्यक्ति हुन् ।